काठमाडौं । भोजपुर, षडानन्द नगरपालिका-११ गैरीगाउँ बस्ने ५१ वर्षीय लिला बहादुर सार्कीको घरमा बुधबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, खजुरा गाउँपालिका-५ उडरापुर बस्ने ६० वर्षीय अली शेष जलाउको बाख्रा फर्ममा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
यसैगरी बाँके, खजुरा गाउँपालिका-१ न्याउली डाडाँ बस्ने ५९ वर्षीय पुर्णे बिकको गोठमा गए राति आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सप्तरी, बोदेबर्साइन नगरपालिका-१ धनगढी बस्ने गोपाल साहको गोठमा बुधबार राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हिराई साह र जगदिश साहको गोठमा समेत आगलागी हुँदा ३ वटै गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


