काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना बालबालिकाको उद्धार गरेको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको हो । कक्षा ६ मा अध्य्यनरत ११ वर्षीय बालिका र उनका ७ र ९ वर्षका भाइहरूको उद्धार गरिएको हो ।
बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको सहयोगमा उनीहरूको उद्धार गरेक जनाएको छ ।
उद्धार गरिएका तीनै जना बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।