बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागु औषध गाजा ७ सय केजीसहित पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लागु औषध गाजा ७ सय केजीसहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धरान । धरानबाट लागु औषध गाजा ७ सय केजीसहित २ वटा सरकारी गाडी र एक जना पुरुष पक्राउ परेका छन् ।

मंगलबार साँझ धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको बुधबार पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो । धरान–१३ अमरहाटबाट गाँजा बरामद गरिएको उहाँले जनाउनुभयो ।

चार राउन्ड हवाई फायर गरेर उक्त गाजा र गाडी नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो । घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का २६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेको छ भने अर्को गाडीका सवारी चालक तत्काल फरार रहेको उहाँले जनाउनुभयो ।

“अर्को गाडीलाई रोक्ने क्रममा हामीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएका हौँ, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुले भन्नुभयो, “गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ हामीले खोजी गरिरहेका छौँ ।”

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीले निकै चुनौती व्यहोर्नुपरेको जबेगुले बताउनुभयो । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउन्ड फायर गरेको थियो । “जसमध्ये एक राउन्ड गोली उक्त गाडीको पछाडि रहेको सिसाभन्दा माथिल्लो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो,” सुनसरी प्रहरी प्रमुख तिम्सिनाले भन्नुभयो ।

फरार रहेका गाडी चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाजा र प्लास्टिकबाहेक जम्मा ३६० केजी र बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाजा प्लास्टिकसहित ३३५ केजी र प्लास्टिकबाहेक जम्मा ३३० केजी गरी प्लास्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ  ।

पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक जबेगुले बताउनुभयो । बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको उहाँले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

११ घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक