काठमाडौं । काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामाई नगरपालिका-४ पैयामारी बस्ने ४२ वर्षीय शम्भु मुखिया सोही ठाउँस्थित पैयामारी चोकस्थित बाटोको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् । बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ झवानी बस्ने ५० वर्षीय जङ्गीलाल महरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा, रोल्पा नगरपालिका-१० धवाङ बस्ने ७७ वर्षीया पिवली सुनार सोही नगरपालिका-१ पानास्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० आपखोली बस्ने ५० वर्षीय लोक बहादुर थापा सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 4