काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी प्रतितोला २५ रुपैयााले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।