आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

एमालेलाई नबिच्क्याउने कांग्रेसको परिपत्र !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरु तयारीमा छन् । सत्तारुढ एमाले र कांग्रेस कतै गठबन्धन गरेर त कतै छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा छन् । गत आम चुनावमा पहिलो बनेको कांग्रेस र दोस्रो बनेको एमालेबीच सत्ता सहकार्य र अहिले चुनावमा पनि गठबन्धनलाई मुलुकलाई दुई दलीय प्रणाली स्थापनाको प्रयासको रुपमा हेरिएको छ । दुवै दलका नेताहरुले दुई दलीय प्रणालीको पक्षमा वक्तव्यबाजी पनि गर्दै आएका छन् । यसबीचमा आगामी उपनिर्वाचनमा कांग्रेसले एमालेलाई नबिच्क्याउन भन्दै परिपत्र नै गरेको छ । कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गरेर सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिएको छ ।
कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको हो । ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रस्ट हुनुपर्छ,’ सर्कुलरमा लेखिएको छ । कांग्रेस प्रचाव विभाग प्रमुख तथा केन्द्रीय निर्वाचन संयोजन समिति सदस्य मीन विश्वकर्मा यसपटक चुनावी आमसभा नगर्ने कांग्रेसको तयारी रहेको बताउँछन् । उनी उपनिर्वाचन प्रचारप्रसारमा कुनै उत्तेजना, आक्रमक शैली नअपनाइ शालिन, भद्र, शिष्ट प्रतिस्पर्धामा उत्रने तयारी रहेको बताउँछन् । उनले एमाले र कांग्रेसबिच भद्र सहमति भएको र आमसभा नगर्ने निर्णयमा पुगेको पनि उल्लेख गरे ।

कांग्रेस र एमाले एउटै सिद्धान्त वा आदर्श बोकेका दलहरु होइनन् । कांग्रेस दक्षिणपन्थी हो भने एमाले वामपन्थी । त्यसकारण यी दुई दलबीचको गठबन्धन विचार मिलेर नभई स्वार्थ मिलेर हो भन्दा अत्युक्ति हुँदैन । यस्तै, पहिलो र दोस्रो ठूलो दल गठबन्धन र भागबण्डा गरेर चुनावमा सहभागी हुने हो भने त्यो चुनाव रहँदैन । जसरी अहिले राज्यका विभिन्न निकायमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने गरेको छ, त्यसरी भोलि सांसदहरु निर्वाचित हुने खतरा बढेको छ । त्यस्ता प्रतिनिधि जनताका वास्तविक प्रतिनिधि हुनेछैनन् । हेर्दा त, उनीहरु चुनावी प्रक्रियाबाट आएका देखिने छन् । तर उनीहरु जनताभन्दा राजनीतिक दलप्रति बढी बफादार हुनेछन् । अहिलेको उपनिर्वाचनमा पनि यसै गरेर कांग्रेस र एमालेले जनतालाई धोका दिन थालेका छन् । दुई प्रमुख दलको गठबन्धन सोही कारणले निरंकुशतातर्फ र जनताको सर्वोच्चताभन्दा पनि पार्टीको सर्वोच्चतातर्फ उन्मुख छ भन्ने स्पष्ट हुन्छ । अर्कोतर्फ अन्य दलको प्रभाव रहेको क्षेत्रमा पनि यी दलले गठबन्धन गरी हराउने, दुईदलीय व्यवस्थातर्फ देशलाई लैजाने प्रयत्न गरेको देखिन्छ, जुन लोकतान्त्रिक व्यवस्था अवलम्बनका हिसाबले उचित ठहराउन सकिन्न ।

दुई ठूला दलको गठबन्धन अन्य दललाई निषेध गर्ने नीतिबाट प्रेरित देखिएको छ । यसले चुनावी प्रक्रिया, परिणामलाई नै ठूलो असर पार्ने देखिएको छ । नेपालमा राजनीतिक दलको आस्था, सिद्धान्त एकातिर राखेर सत्ता स्वार्थका लागि सहकार्य गर्ने प्रचलन बढ्दो छ । विगत डेढ दशकयता यस्ता अस्वाभाविक राजनीतिक सहकार्य हुँदै आएको छ, जसको परिणाम सुखद देखिँदैन । कांग्रेस र एमालेको गठबन्धन पनि त्यही दिशामा अघि बढेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सांसदसँग प्रधानमन्त्री : नयाँ सुरुवात

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक