काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर र महरले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रस्मिला धामी पक्षधरबीच माइतीघर मण्डलामा झडप भएको छ।
धामीका बुवा अर्जुन ब्यानरसहित धर्ना बस्न खोज्दा ऐन पक्षले हातपात गरेको धामी पक्षधरले आरोप लगाएका छन्। त्यसपछि झडप भएको जनाइएको छ।
महरकी श्रीमती पनि त्यहाँ उपस्थित रहेकी थिइन्। महर पक्षधरले सादा पोशाकमा रहेका प्रहरीमाथि पनि हातपात गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।