काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले नेपाली सेनाको सहायक सेनानी परिक्षा उत्रिर्ण गरेकी छन् ।
सहायक सेनानी परिक्षा उतिर्ण गरेकी छन् ।
नाम निस्किएसँगै उनी सेनाको स्थायी जागिरे भएकी छन् । तीन वर्षअघि सेनाको त्रिभुवन आर्मी क्लबमा करार सम्झौता गरेकी अमिषाले उमेर पुगेपछि सहायक सेनानीका लागि आवेदन दिएकी थिइन्।
अमिषाले गत महिना दशरथ रंगशालाम सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग २-१ ले पराजित भएको थियो। नेपालका लागि अमिषाले नै गोल गरेकी थिइन्।