बर्दिया । बढैयाताल गाउँपालिका-३ तमौलीपुरस्थित निर्माणाधिन सडकमा ना.५ ख ३७७९ नम्बरको ट्याङकरले अलकत्रा छर्दै गरेको अवस्थामा ट्याङकरमा आइतबार दिउँसो आगलागी हुँदा ट्याङकर पूर्णरूपमा जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।