शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठूलो लूटकाण्डको तयारीमा सरकार !

आठवटा सार्वजनिक संस्थान निजीकरण गरिने, कांग्रेस र एमाले नेताहरुबीच भागबण्डामा संस्थानहरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्री ओलीले पुष्पलाल श्रेष्ठप्रति श्रद्धा व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सरकारले फेरि आठ सार्वजनिक संस्थान निजीकरणको प्रक्रिया थालेको छ । विगतमा नाफामा रहेका संस्थान निजीकरण गरेर देशप्रति घात गरेका राजनीतिक दलहरुले फेरि पनि निजी क्षेत्रलाई पोस्ने गरी सार्वजनिक संस्थान निजीकरणको योजना ल्याएका हुन् ।

निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरिसकेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समिति बैठकले निजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ कांग्रेस र एमालेका नेताहरुबीच नै भागबण्डा गरेर निजीकरणको तयारी गरिएको छ ।

जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । यस्तै, विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखाना पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिसको निर्णय गरिएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञ सहित अध्ययन समिति गठन गरिने छ । सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहित सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी सरकार समक्ष सिफारिस गरिने छ ।

निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको तर्क दिएको छ । विगतमा पनि यस्तै तर्क दिएर नाफामा भएका संस्थानलाई निजीकरण गर्ने निर्णय भएको थियो । पञ्चायतकालमा स्थापना भएका सार्वजनिक संस्थान ०४८ सालमा देशमा बहुदल स्थापना भएपछि निजीकरण गर्ने लहर चलेको थियो । निजीकरणपछि बाँसबारी छाला जुत्ता कारखाना, काँचो छाला सँकलन तथा बिक्री कम्पनी र नेपाल जुट विकास तथा व्यापार कम्पनी अस्तित्वमै छैनन् । भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स, हरिसिद्धि इँटा टायल कारखाना, बालाजु कपडा उद्योग, कृषि आयोजना सेवा केन्द्र, नेपाल कोल लिमिटेड, हेटौँडा कपडा उद्योग, बीरगञ्ज चिनी कारखाना लिमिटेड र कृषि औजार कारखाना लिमिटेड बन्द छन् ।

निजीकरण गरेपछि यी संस्थानहरु सञ्चालन हुन नसक्दा देश आयातमा निर्भर हुनुपरेको छ । विश्वमा कम्युनिस्टतर्फ झुकाव भएका देशहरुले जनतालाई दिने सेवासुविधा आफ्नो नियन्त्रणमा राखेका छन् भने उदारवादीले निजीलाई जिम्मा दिएर राम्रोसँग निरीक्षण गरेका छन् । नेपालजस्ता देशहरुले भने मिश्रित अर्थप्रणालीलाई अवलम्बन गरेका छन् । जसअनुसार केही क्षेत्रमा सरकारी नियन्त्रण र केहीमा निजीलाई जिम्मा दिइएको छ । अहिले सार्वजनिक संस्थान निजीकरण गर्न दिनु भनेको हरेक क्षेत्रमा निजी क्षेत्रलाई सर्वेसर्वा बनाउनु हो ।

बजारलाई राम्रोसँग नियमन गर्नसक्ने हाम्रोजस्तो देशमा निजीलाई हरेक क्षेत्र सुम्पने हो भने भोलि निजी क्षेत्रले आफ्नो स्वार्थका लागि जस्तोसुकै कदम उठाउन सक्छ । त्यतिबेला सरकार निरीह बन्नुपर्ने अवस्था आउँछ । अर्कोतर्फ उद्योग कलकारखाना निजीकरण गरेर बन्द गर्ने र आयातमै रमाउने प्रवृत्ति सरकारले देखाउँदै आएको छ । त्यसैले पनि सार्वजनिक संस्थानलाई निजीकरण गर्नु राष्ट्रघाती कदम हो ।

सार्वजनिक जीवनमा असहजता उत्पन्न हुँदा कतिपय सेवा वितरणमा सार्वजनिक संस्थानको भूमिका बढ्दै जान्छ भन्ने कुरा २०७२ को भूकम्पपश्चात् र कोरोना सङ्क्रमणको वर्तमान अवस्थामा सार्वजनिक संस्थानले खेलेको सक्रिय भूमिकालाई लिन सकिन्छ । जस्तैः नेपाल वन निगमले २०७२ सालको भूकम्पबाट प्रभावित नागरिकको क्षतिग्रस्त घर निर्माण गर्न तथा धार्मिक सांस्कृतिक सम्पदा निर्माणका लागि सहुलियत दरमा काठ उपलब्ध गराएको र नाकाबन्दीको समयमा खाना पकाउने एलपी ग्यासको अभाव पूर्ति गर्न ठाउँठाउँमा डिपो स्थापना गरी नागरिकलाई दाउरा वितरण गरी राहत प्रदान गरेको देखिन्छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाउन पाशुपतक्षेत्र लगायतका ठाउँमा दाउरा उपलब्ध गराएको कार्य पनि सराहनीय मान्न सकिन्छ ।

अर्थतन्त्रलाई गतिशील बनाउने प्रमुख आधारस्तम्भका रूपमा रहेको सार्वजनिक क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक संस्थानको भूमिकालाई थप प्रभावकारी र गतिशील बनाउनु आजको आवश्यकता हो ।

सरकारले संस्थानहरूको खण्डीकरण वा निजीकरण वा रणनीतिक साझेदार भित्र्याउने होइन । संस्थानलाई सार्वजनिक स्वामित्वबाट सञ्चालन गर्ने नीतिका साथ पुँजीको अभावमा समस्याग्रस्त बनेका संस्थानलाई वेलआउट कार्यक्रमअन्तर्गत पुँजी लगानी गर्नुपर्छ । विगतमा निजीकरण गरिएका संस्थानहरूको एकाधिकार अन्त्य गर्न खासगरी कृषि औजार, निर्माण कम्पनी, चिनी, कागज, रासायनिक मलजस्ता नयाँ संस्थानहरू स्थापना गर्नुपर्छ । र पूर्ण व्यावसायिक हिसाबले एकरूपताका सञ्चालन गर्न छाता ऐनका रूपमा संस्थान ऐन शीघ्र निर्माण गर्नुपर्छ । संस्थानहरूको नियमन र अनुगमन गर्न संवैधानिक अंगका रूपमा संस्थान नियमन आयोग गठन गरी संस्थानभित्र भइरहेको राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको यथास्थितिवादी सोच र चिन्तनलाई अन्त्य गर्न जरुरी छ ।

विगतमा संस्थान निजीकरणको नीति नेपाली कांग्रेसको सरकारले नै ल्याएर ३३ वटा संस्थान निजीकरण गरेकामा निजीकृत संस्थानबाट उत्पादन, रोजगारी, राजस्वमा योगदान, सर्वसुलभ सेवा आदिको कोणबाट हेर्दा परिणाम सकारात्मक छैन । यसले गर्दा नेपाली कांग्रेस आलोचित पनि भएको छ । अब संविधानले नै समाजवादको दिशामा मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउने जुन लक्ष्य लिएको छ । यसका लागि सार्वजनिक उद्यमहरूको भूमिका अपरिहार्य छ । यतिबेला गठबन्धनको सरकारले विगतका कमीकमजोरीको सिंहालोकन गरेर अगाडि बढ्नको विकल्प छैन । सार्वजनिक संस्थानका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने नीतिका साथ संस्थान सुधार र सेवा विस्तारको कार्यक्रम अगाडि सार्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

४ दिन अगाडि
महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक