शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

प्रतिनिधि सभा अवरोध जारी राख्ने माकेको निर्णय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रतिनिधि सभा अवरोध जारी राख्ने माकेको निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलले प्रतिनिधि सभा अवरोधलाई जारी राख्ने निर्णय गरेको छ।

आइतबार बसेको संसदीय दल बैठकले हिंसा शब्द रेकर्डबाट नहटेसम्म अवरोधलाई जारी राख्ने निर्णय गरेको सांसद देवेन्द्र पौडेलले  जनाए ।

‘हिंसा शब्द संसदको रेकर्डबाट नहटेसम्म हाम्रो विरोध जारी रहन्छ, हामी प्रतिनिधि सभामा अवरोध गरिराख्छौं,’ उनले भने।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले ‘जनयुद्ध’ को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।

सभामुख घिमिरेले यसबारे प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरे पनि निष्कर्षमा पुग्न भने सकेन। हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि प्रभावित छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि यस विषय किनारा नलागेसम्म सदन अवरोध कायमै रहने जनाएका छन्।

‘माओवादीले उठाएको विषय खाली शब्दमात्र होइन। समग्र जनयुद्धको भाव र त्यहाँ व्यक्त भएका विषयबस्तुसँग सम्बन्धित छ,’ उनले भने, ‘हाम्रो दलले सदन अवरोध जारी राख्छ।’

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

२३ मिनेट अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक