शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

निर्णय सर्वोच्च अदालतको, विरोध बालेनको किन ?

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं उपत्यकाभित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशको अहिले काठमाडौं महानगरभित्र विरोध भइरहेको छ । यो विषयमा सर्वोच्च अदालतले आदेश गरे पनि विरोधको निशानामा भने काठमाडौं महानगरका मेयर बालेन शाह छन् । बालेनले अदालतको आदेश उल्लेख गर्दै सूचना जारी गरेपछि अहिले उनले नै आदेश दिएको जसरी विरोध भइरहेको हो । बालेनको विपक्षमा रहेका दलहरु यो मुद्दालाई चर्काउन उद्दत देखिन्छन् ।

सर्वोच्चको आदेश ३ वर्षअघि नै आएको हो । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न आदेश दिएको थियो । त्यति बेला अहिले प्रधानमन्त्री रहेका केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । उनले नियुक्त गरेका महान्यायाधिवक्ता अग्नि खरेल थिए । एमालेबाट बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य थिए । सरकारी यी पक्षले सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि र नदी तट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यही हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ । तर त्यतिबेला न संघ, प्रदेश, नत स्थानीय सरकार कोही पनि फैसलाको पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।

तर, अहिले बालेनले यो विषय सर्वसाधारणलाई जानकारीका लागि र नठगियून भनेर उठाउँदा उनले आदेश जारी गरेको भाष्य स्थापित गरिएको छ । जब कि कानून बनाउने नेताहरु, न्यायाधीश बनाउने पनि नेताहरु ! न्यायाधीशले गरेको फैसलामा बालेन कसरी दोषी भए ? तर पछिल्लो समय बालेनको बढ्दो लोकप्रियताबाट डराएका नेताहरु अहिले उनको विरोध गर्नका लागि विगतमा पुनरावेदनमा नगएको विषयमा अहिले पुनरावेदनमा जाने तयारी गरेका छन् । प्रधानमन्त्री ओली र सरकारी निकायले अहिले अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाने तयारी थालेका छन् ।

नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यसको मापदण्ड छ । यसलाई पालना गर्न बालेनले सम्झाएका मात्र हुन् । यसमा बालेनको विरोध गरिरहनु पूर्वाग्रह मात्र हो । यदि सरकार र नेताहरुलाई जनताको चिन्ता लागेको हो भने त्यहीअनुसार कानुन बनाउन आवश्यक छ । त्यसका लागि संसदको उपयोग गर्न सकिन्छ । कानुन बनाउने अधिकार पनि सरकारलाई छ । तर, कसैलाई बद्नाम गर्नकै लागि विरोध गर्नु नेताहरुका लागि शोभनीय हुँदैन । बालेनको विरोध गर्नेभन्दा पनि जनतालाई सहज हुने कानुन निर्माणमा सरकारको ध्यान जान आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

२ घण्टा अगाडि
अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक