काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। १६ सदसिय टोलीमा विकेट किपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन्।
अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलेयता टोलीमा स्थान बनाउन सकेका थिएनन्। त्यस्तै १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीका रुपमा टोलीमा रहे।
लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्ने छ। त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्ने कार्यतालिका रहेको छ। २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने छ।
८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो।
नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो। नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)