काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट दिइने लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसमा करसहित ५.५३ प्रतिशत नगद र १० प्रतिशत सेयर लाभांश दिने बैंकले जनाएको छ ।
घोषणा गरिएको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएर वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।