काठमाडौं । सल्यान, कालिमाटी गाउँपालिका-१ लक्ष्मिपुर बस्ने ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।
घर नजिकै रहेको अर्जुन खोला सामुदायिक वनमा गोठाला गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ शिखर बस्ने ४० वर्षीया छलिमाया थिङको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका-३ माडीस्थित खेतमा धान गोडीरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सहकारी अस्पताल हेटौंडा मकवानपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।