बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ ।

तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्।

अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ।

यस पटक महिलाबाहेक तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ । घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ ।

यसै वर्षको जुनमा तालिवानले ६३ जनालाई समलिङ्गी सम्बन्धको आरोपमा कोर्रा र कुटपिट गरेको थियो । जसमा १४ जना महिला थिए । समाचार एजेन्सी एपीका अनुसार यी व्यक्तिहरूलाई समलैंगिकता, चोरी र अनैतिक सम्बन्धमा दोषी ठहर गरिएको थियो । तालिबानले समलैंगिकतालाई इस्लाम विरोधी मान्छन्। उनले पहिले मानिसहरूलाई सरे ब्रिज प्रान्तको स्टेडियममा भेला गरे र त्यसपछि उनीहरूलाई कोर्रा लगाएका थिए । तालिबानले मानिसहरूलाई इस्लामको मार्ग अनुसरण गर्न आग्रह गरेको छ । उनले त्यसो नगरे कारबाही गर्ने धम्की पनि दिएका छन् ।

संयुक्त राष्ट्र संघले यो सजायको निन्दा गरेको छ र यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार नियमविपरीत भनेको छ।

तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले यसै वर्ष मार्चमा महिलाविरुद्धको आदेश जारी गरेका थिए । यो आदेश अनुसार, कुनै पनि महिला व्यभिचार (आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको) दोषी पाइएमा ढुङ्गाले हानेर मारिने उल्लेख छ ।

एक अडियो सन्देशमा, अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिए र इस्लामिक कानुन शरियालाई कडाइका साथ लागू गर्न आदेश दिए । उनले भने- ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइनेछ ।’

अफगानिस्तान कब्जा गरेपछि तालिबानले देशमा शरिया कानुन लागू गर्ने बताएको थियो । वास्तवमा, शरिया इस्लाममा विश्वास गर्ने मानिसहरूको लागि कानुनी प्रणाली जस्तै हो । यो धेरै इस्लामिक देशहरूमा प्रयोग गरिन्छ । तर, पाकिस्तानलगायत अधिकांश इस्लामिक देशहरूमा यसलाई पूर्ण रूपमा लागू गरिएको छैन ।

शरियाले परिवार, वित्त र व्यवसायसँग सम्बन्धित कानूनहरू समावेश गर्दछ। रक्सी पिउनु, लागूपदार्थको प्रयोग वा बेचबिखन शरिया कानुन अन्तर्गत प्रमुख अपराधहरू मध्ये एक हो । यही कारणले गर्दा यस्ता अपराधका लागि कडा सजायको व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

५ दिन अगाडि
अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक