शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
इजरायल र लेबनन युद्धविराम गर्न सहमत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर “आदेश पाए सेनाले पुनः सैन्य कारबाही” गर्ने बताए।

अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ उक्त सम्झौता भएको हो। शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो।

लेबननले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरायलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले हिज्बुल्लाह र इजरायलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्तिमा भने, “हामी युद्धविरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुन: जारी राख्न तयार छ।”

अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो। तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।

इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो।

इजरायलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उनकै शब्दमा सम्पूर्ण लेबनन जल्नुपर्ने बताएका थिए। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाएका थिए।

उक्त तनावमाझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डको भ्रमणमा ढिलाइ गरेका थिए।यसै हप्ता हस्ताक्षर भएको अमेरिका-इरान सम्झौताको कार्यान्वयनका आगामी पाटोहरूबारे प्राविधिक छलफल गर्न स्विट्जरल्यान्डमा आज वार्ता हुन लागेको थियो।

ह्वाइट हाउसले बिहीवार अबेर भान्स वार्ताका लागि नजाने भन्दै भ्रमणको तयारी प्रक्रिया ‘समान्य वा अनुमानयोग्य’ नभएको बताएको थियो। दुई देशबीचको सम्झौतामा हस्ताक्षर भएपछि अमेरिकाले इरानविरूद्धको सामुद्रिक नाकाबन्दी हटाएको थियो।

ह्वाइट हाउसको विज्ञप्ति आउनु केही घण्टाअघि हिज्बुल्लाहसम्बद्ध लेबननको सञ्चारमाध्यमले इजरायलको जारी आक्रमणका कारण वार्ता स्थगित भएको खबर प्रकाशित गरेको थियो।

गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट हमलाहरू गरेको थियो। त्यसपछि मार्चको प्रारम्भमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनन पनि तानिएको थियो।

इजरायलले लेबननभर बमबारी गरेको थियो र उत्तर सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो। पछिल्लो द्वन्व यता लेबननमा कम्तीमा ३,९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण लेबननका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन्।

यो पनि पढ्नुहोस्

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

२३ घण्टा अगाडि
खतरामा पारेको भन्दै मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम

खतरामा पारेको भन्दै मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

 प्रतिनिधि सभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक