शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद्‌को छलफल अनुत्पादक भएकोमा सभामुखको गुनासो

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
संसद्‌को छलफल अनुत्पादक भएकोमा सभामुखको गुनासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल अनुत्पादक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा ‘संसद्को प्रभावकारिता तथा सुधारका सम्भावनाहरू’ बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले लामो समय लगाएर गरेका छलफल केवल छलफलमै सीमित हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा उनले भने– ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल प्रभावहीन अनुत्पादक भइरहेको महसुस भएको छ । हामीले महिनौँ लगाएर गरेका बहस र छलफल प्रभावकारी भएका छैनन् ।’

उनले सरकारले विनियोजन गरिएको बजेट संसद्ले पास गर्ने तर त्यसको कार्यान्वयनको निगरानी गर्ने संयन्त्र नभएको बताए । बजेट कार्यान्वयनको अवस्था हेर्न संसद्मा छुट्टै बजेटरी शाखा हुनुपर्ने, त्यसले बजेट कार्यान्वयनको अवस्था कस्तो छ निरन्तर निगरानी गर्नुपर्ने र कमजोरी सम्बन्धमा बजेटरी अफिसले दिएको सुझावका आधारमा सरकारले अर्को वर्षका लागि बजेट बनाउन आवश्यक रहेकोमा जोड दिए ।

सभामुख घिमिरेले भने– ‘उदाहरणका लागि कालीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले खरबौँ बजेट छुट्टाइएको हुन्छ । यथार्थमा त्यो बजेट छुट्टाइएको हो कि होइन रु कागजमा मात्र छुटाएको हो कि रु बजेट प्रयोग नहुने र त्यसलाई सरकारले आफ्नो अनुकूल अन्यन्त्र रकमान्तर गर्छ भने त्यसलाई संसद्को बजेटरी शाखाले हेर्नुपर्छ र यस्तो शाखा स्थापनाका बारेमा बहस छलफल हुन आवश्यक छ ।’

यस्तै उनले कानुन बन्नुपूर्व संसदमा पूर्व तयारी हुनुपर्नेमा कानुन बनाउनु पूर्व तयारीको अभाव रहेको बताए । यस्तै संसद्ले बनाएको कानुनको कार्यान्वयन कस्तो रह्यो कानुन निर्माण पछिको परीक्षण हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने– ‘हामीले बनाएका कानुनको कार्यान्वयनको अवस्था कस्तो रह्यो उत्तरविधायकी परीक्षणमा हाम्रो ध्यान पुगेको छैन । कानुन निर्माणपछि त्यसको कार्यान्वयनको बारेमा पनि ध्यान दिन सकिएको छैन ।’

यस्तै संसदीय समितिहरूले विधेयक नभएको बेला आफ्नो क्षेत्राधिकारभित्र रहेका विषयमा काम गर्न समस्या देखिएको उल्लेख गरे । समितिले आफ्नो क्षेत्राधिकार भित्र रहेको मन्त्रालयका कमजोरी औँल्याउने र सरकारलाई निर्देशन दिनुपर्ने, सरकार र संसदीय समितिले गर्ने निर्णय र निर्देशनमा अन्तर्विरोध सिर्जना हुने गरेको जनाए।

एउटै प्रकृतिका विषयमा एउटा समितिले एउटा निर्णय गर्ने र अर्को समितिले अर्को निर्णय गर्ने समस्या रहेको बताउँदै एउटै साझा विषयमा संयुक्त समिति बैठक राखेर निर्णय गर्नुपर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

५ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक