बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिटिस एजुकेशन ग्रुपद्वारा क्यानडाको १ सय २५ वर्ष पुरानो कलेज (एमबीसी) अधिग्रहण

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
ब्रिटिस एजुकेशन ग्रुपद्वारा क्यानडाको १ सय २५ वर्ष पुरानो कलेज (एमबीसी) अधिग्रहण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १ सय २५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ ।

नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरुको अध्यापन गराउँदै आएको छ ।

स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लण्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ ।

शैक्षिक नेटवर्कलाई विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसी अधिग्रहण गरेपछि प्रतिक्रिया दिँदै भने, ‘हामी आफ्ना विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई, र क्यानाडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोवल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवद्र्धन गर्नेछ ।’

सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रकृयामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गर्दै कृतज्ञता व्यक्त गरे । ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरुलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेकोे छ । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताको लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

९ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक