बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देउवा–ओली मिलनको सकारात्मक परिणामः माओवादी ध्रुवीकरण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

सदनका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धनमा नयाँ सरकार बन्ने भएको छ । माओवादीसँगको चार महिनाको सहकार्य तोडेर एमाले कांग्रेससँग सरकार बनाउन राजी भएको छ । पहिलो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । दुई दलले संविधान संशोधनका विषयलाई पनि आफ्नो सहमतिमा समावेश गरेका छन् । तत्कालका लागि माओवादीलाई सरकार बाहिर पठाउन र सरकारको नेतृत्व लिन एमाले र कांग्रेस सफल भएका छन् । देउवा र ओलीबीचको यो सहमति पछाडिका कारण केके हुन् ? केही कारण संसद्मा नेताहरुले खोलिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले दुई दल सहमतिको नजिक आएको केही नेताको आरोप छ । यद्यपि, कांग्रेस र एमालेबीचको सहमतिको रहस्य र यसले उनीहरुलाई केके फाइदा छ भन्ने आगामी दिनमा थाहा हुनेछ । यो गठबन्धनले देश तथा जनतालाई कति फाइदा र नोक्सान हुन्छ भन्ने पनि आगामी दिनले नै बताउला ।

तर, देउवा र ओलीको मिलनले एउटा सकारात्मक परिणाम देखिएको छ, त्यो हो माओवादीमा ध्रुवीकरण । लामो समय सत्ताको मोहमायामा भुलेको माओवादी आफू भने खिइँदै गएको छ । यो पार्टीबाट धेरै नेता अलग्गिएर छुट्टै पार्टी गठन भएका छन् । नेताहरुको गल्ती र कमजोरीका कारण माओवादीको विरासत गुम्ने अवस्थामा पुगिसकेको छ । सत्तामा पुगेर पनि देश र जनताका लागि योगदान दिन नसक्दा माओवादीले जनताको विश्वास पनि गुमाइरहेको छ । तर कांग्रेस र एमालेको मिलनले माओवादीमा पुनरुत्थानको बहस सुरु भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि समाजवादी मोर्चा गठन गरेका थिए । यसमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जसपा नेपाल सहभागी छन् । माओवादी सत्तामा रहँदा गठन भएको यो मोर्चा धेरै सक्रिय भने हुन पाएन । तर, अब कांग्रेस र एमालेको सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न पनि यो मोर्चालाई सक्रिय पार्ने कसरत सुरु भएको छ । नयाँ सरकारविरुद्ध संसद् र सडकबाट प्रतिरोध गर्नेगरी मोर्चालाई सक्रिय गराउने तयारी सुरु भएको हो । विप्लव नेतृत्वको नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित कांग्रेस–एमालेको गठबन्धनविरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेशीलगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै संघर्षमा पनि जाने नेताहरुले चेतावनीसमेत दिएका छन् ।

माओवादी केन्द्रमा पुनरुत्थानको बहस सुरु हुनु र विप्लव नेकपालगायत सहभागी मोर्चा सक्रिय पार्नु तयारी हुनुले माओवादी ध्रुवीकरणको संकेत देखाएको छ । तर, माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ । माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ ।

प्रचण्ड नेतृत्वको सरकारले सर्वसाधारणको अपेक्षाअनुसार काम गर्न नसकेको, सरकारमा गएपछि संघीयता कार्यान्वयनमा चुकेको, शान्ति प्रक्रियाका कामलाई टुंगोमा पु¥याउन नसकेको, पार्टी संगठन सुदृढीकरणमा ध्यान नदिएको, बजेटमा जनमुखी कार्यक्रम नल्याएको आरोप छ । सरकारमा रहँदा वर्गीय पक्षधरतालाई बिर्सने र सर्वहारा वर्गको पक्षमा काम नै नगर्ने समस्या देखिएको थियो । जसका कारण २०६४ मा पहिलो पार्टी भएदेखि माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ ।

अब वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिहरुबीच ध्रुवीकरण गरी जनताका मुद्दाहरुलाई उठाउनपर्छ । नेपालमा वाम र समाजवादीबीच ध्रुवीकरण आवश्यक भइसकेको छ । आर्थिक समृद्धिका लागि समाजवादी क्रान्ति अघि बढाउन पनि यस्तो शक्ति आवश्यक छ । मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य लिएको छ । त्यसलाई पूरा गर्ने अभीष्टका साथ नेताहरु एकजुट हुनुपर्छ । देशमा विद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यक छ । प्रतिपक्षमा रहने माओवादीले जनादेशको तथ्यलाई विश्वास गरी संगठन निर्माणमा लाग्नुपर्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

११ घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक