काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले विद्यार्थीहरूले पाउने छात्रवृत्तिको लागि वडाको सिफारिस अनिवार्य गराउने व्यवस्था गर्न माग गरेका छन्।
आज(सोमबार) भएको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले भने,‘छात्रवृत्तिको लागि वडाको सिफारिसबाट हुने भन्ने समेटिनुपर्छ।
’ महानगरपालिकाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रममा छात्रवृत्तिको लागि वडाबाट सिफारिस नचाहिने उल्लेख गरिएको थियो। त्यस्तै,उनले महानगरमा विश्वासिलो नेतृत्व हुनुपर्ने पनि माग गरे।


