सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

धारणा न्यूज by धारणा न्यूज
१२ मिनेट अगाडि
Reading Time: 1 min read
0
शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीका विद्यालयमा अपनाइएको बालमैत्री र वातावरणमैत्री शिक्षण पद्धतिको अवलोकन गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका उनले त्यहाँको ‘हरित विद्यालय’ मोडल र प्रयोगात्मक सिकाइका अभ्यासबारे जानकारी लिएका हुन्।

टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई एन्टाल्याका शैक्षिक संस्थाको अवलोकन गराएका थिए। दुवै मन्त्रीले एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) भ्रमण गरेका थिए।

अवलोकनका क्रममा मन्त्री पोखरेलले बालबालिकालाई सानै उमेरदेखि प्रकृति, वातावरण संरक्षण र दिगो विकासको अभ्याससँग जोड्ने टर्कीको शैक्षिक पद्धतिबारे चासो राखेका थिए।

उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र र मिनी ग्रीनहाउसको अवलोकन गरेका थिए। बालबालिकाले सञ्चालन गरेका शून्य फोहोर परियोजना, पुनः प्रयोगका अभ्यास तथा नर्सरीमा गोलभेँडालगायत तरकारी र बिरुवा उमार्ने प्रयोगात्मक सिकाइबारे उनले शिक्षक तथा विद्यालय प्रशासनसँग जानकारी लिएका थिए।

भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीले शिक्षक र अभिभावकसँग पनि संवाद गरेका थिए। उनीहरूबीच पूर्वप्राथमिक तथा सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधार र विद्यालय तथा अभिभावकबीचको सहकार्यबारे छलफल भएको थियो।

अवलोकनमा टर्कीको सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए।

विद्यालयका बालबालिकाले अतिथिको स्वागतमा परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरेका थिए। मन्त्रीद्वयले बालबालिकाले तयार पारेका सिर्जनात्मक परियोजनाको अवलोकन गर्नुका साथै उनीहरूसँग भलाकुसारी गरेका थिए।

अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, फोहोर व्यवस्थापनको बानी र जलवायु सचेतना विकास गर्न सके नयाँ पुस्तालाई वातावरणमैत्री जीवनशैलीतर्फ प्रेरित गर्न सकिने धारणा राखेका थिए।

नेपालमा पनि विद्यालय शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको उनले बताए। टर्कीको विद्यालय मोडलबाट नेपालले पनि सिक्न सक्ने उनको भनाइ थियो।

नेपालमा विद्यालयको भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन र राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनमार्फत जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय तहको पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइएको छ। टर्किस समकक्षीसँगको भेटघाट र विद्यालय अवलोकनबाट नेपालको विद्यालय शिक्षा सुधार तथा हरित विद्यालय निर्माणमा सहयोग पुग्ने अपेक्षा मन्त्री पोखरेलले गरेका छन्।

यो पनि पढ्नुहोस्

एनपिएलमा प्लेअफको समीकरण तय

एनपिएलमा प्लेअफको समीकरण तय

७ मिनेट अगाडि
सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक