सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अक्रमणकारी जोगाउँदै जनमत पार्टीका नेता महेश यादब

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अक्रमणकारी जोगाउँदै जनमत पार्टीका नेता महेश यादब
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा दलित संगठनलेसमेत सो कुराको दाबि गरेका छन् ।

पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भिर घाईते बनाएको बताएका छन् । ठाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे,“हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ।” अक्रमण भएलगत्तै प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादब लागेको पासवानले आरोप लगाए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको पत्रकार सम्मेलनमा बताए ।

आक्रमण गरेर उल्टै अफूहरुलाई नै जाहेरी दिएर फसाउने योजना बनाएकोले न्यायका निम्ति काठमाडौं आएको बताउँदै भने,“प्रहरी,सिडियोदेखि सबै यादब समुहको मुद्धा लिन्छन् तर हामी पीडितको कुरो सुन्दैनन्, अनि के गर्ने ?”

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले सप्तरीमा दलित पासवान परिवार माथि सांघातिक आक्रमण गर्ने यादव समुहमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन् । संयोजक नेपालीले घरेलु हातहातियार प्रयोग गरेर घाईते पीडितहरु प्रहरीकहाँ जाँदा उजुरी नलिनु पनि घोर पराध भएको जिकिर गर्दै भने,“सिडियो साब र प्रहरी प्रमुख ज्यूहरु तपाईहरु पीडकको पक्षमा कि पीडितको पक्षमा हो ।”

संयोजक नेपालीले जनतमत पार्टी मात्रै नभएर ठूला भनिएका पार्टीहरुले पनि दलित समुदायमाथि अन्याय गरेको आरोप लगाउँदै प्रश्न गरे,“के नेपाली काँग्रेस जन्मजात अपराधीको संरक्षक हो, के एमाले बलत्कारी र हत्यारको अभिभवक हो, के माओवादी सत्तामा रहेर अपराधी सरक्षण गर्ने ठेकेदार हो ?” निरन्तर दलित समुदयमाथि अन्याय हुँदा सबै चुप लागेर न्याय नदिनु ठूलो अपराध भएको नेपालीको जिकिर छ । जिल्ला प्रहरी प्रमुख, सिडियो जागीर जोगाउनको लागि पीडकको पछि लाग्नु भन्दा खाडी, यूरोप,अमेरीका जान सुझाव समेत नेपालीले दिए ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छटुन्जेलले पीडित पासवान परिवारलाई यादव समुहले घरेलु हातहतियारको प्रयोग गरि सांघातिक आक्रमण गरि गम्भिर घाईते बनाईको बताए । कानुनी राज भनिएको देशमा दलितमाथि अझै पनि पासविक व्यवहार भएको आरोप लगाउँदै भने,“९ दिनसम्म पनि प्रहरी प्रशासनले उजुरी लिदैन, बरु पावर र पहुँचको बलमा ‘होचाको मुखमा घोचो’ भने जस्तैः उल्टै पीडितलाई नै फसाउने षड्यन्त्र भएको छ, के यो देशमा कानुन छ त ?”

नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव राजकुमार पासमानले जनमत पार्टी मधेश प्रदेशको संसदिय दलको नेता महेस यादवको दबाबमा ९ दिनदेखि जाहेरी दर्ता गर्न नदिएको आरोप लगाउँदै भने,“महेश जीको पावरमा उल्टै घाईतेहरुलाई फसाउन आक्रमणकारीहरुले जाहेरी दर्ता गरेकोप्रति आक्रोष व्यक्त गरे ।” पासमानले पीडित परिवारका ६ जना मध्ये ४ जना गम्भिर घाईते भएको र उनिहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको व्यवस्था पनि नभएको जनाए ।

मधेशमा नेता यादबको दबदबाहट भएकोले पीडितले न्याय नपाउने निश्चित भएकोले केन्द्र सरकारले हस्तक्षेप गरेर पीडकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै पासमानले भने,“दलित र गरिबको पक्षमा लड्ने प्रचण्ड सरकारले पीडितको सुरक्षा, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्छ ।”

संयुक्त दलित अधिकार मञ्च–नेपालका कार्यबहाक संयोजक सुजन साहशंकरले जात व्यवस्थाको आवरणमा निरन्तर नेपाली समाजमाजमा घटना घटिरहेको बताउँदै भने,“जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ, जुन दुर्भाग्य हो ।”

उक्त पत्रकार सम्मेलनमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले पीडितमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै पीडकलाई हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

 

के हो सप्तरीमा पासमान परिवारमाथि सांघातिक आक्रमणको घटना ?
सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो ।
करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११÷१२ जनाको समुहले खुकुरी, लाठी, चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान, रितु पासमान,राखि पासमान, लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएको छैन ।
सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर रहेको र उनिहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ ।

 

यो पनि पढ्नुहोस्

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

१ घण्टा अगाडि
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीकाे भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा नरेन्द्र मोदीले तय गर्ने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक