रौतहट । रौतहटको कटहरीया नगरपालिका वडा नं अध्यक्ष चन्दन कुमार कुशवाहको प्रमुख अतिथिमा शुक्रबार नगरभरीमा रहेका ५ वटा माध्यमिक बिद्यालयलाई ब्यक्तिगत लगानीमा हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रत्येकता कार्यक्रममा जनता मा.बि प्रथम भएको छ ।
हाजिर जवाफ प्रतियोगिता तथा चित्रकला कार्यक्रम अनुसार शुक्रबार आयोजित माध्यामिक तह कक्षा ५ देखि १० सम्मको बिद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगितामा श्री जनता मा बि कटहरीया प्रथम भएको हो । त्यस्तै, मावि भसेडवा द्वितीय र मावि बलिरामपुर तृतीय भएको छ । उक्त प्रतियोगितामा जनता माविलाई पुरस्कार प्राप्त गरेको हो
कटहरीया नगरपालिका वडा नम्बर १ मावि भसेडवाको प्राङ्गणमा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरूलाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । उक्त प्रतियोगितामा नगरपालिका क्षेत्र भित्रका ५ ओटा सामुदायिक विद्यालयहरूको सहभागिता रही प्रत्येक साबिकका नगरमा पहिलो विद्यालयहरूबिच शुक्रबार हाजिर जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सो वडाका वडा सचिब छाेटेलाल मिश्राले जनाएको छ ।
प्रमुख अतिथि चन्दन कुशवाहले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने जमर्कोका लागि प्रतियोगिता आयोजना गरिएको तथा विद्यार्थीहरूमा पठन सीपको लगनशीलताको लागि साबित हुने जनाउनु भयो । माबि भषेडवाकाे प्राङ्गणमा साे कार्यक्रम संचालन गरेका हुन । साे कार्यक्रमका बिशिस्ट अतिथि नगरपालिकाकी उपमेयर रिता देबी यादब तथा अतिथि राैतहट जिल्ला समन्वय एकाई समितिका पुर्व अध्यक्ष रामएकवाल यादब र वडा सदस्य दिपलाल यादव , पुर्व वडा अध्यक्ष राजकुमार साहले गरेका थिए ।
साे कार्यक्रमकाे अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिलाल यादबले गरेका थियो । नगर भरिका सबै बालबालिकालाई शिक्षा प्रतिकाे जागरूकता बढाउनकाे लागि तथा नगरका शिक्षामा देखिएकाे कमिकमजाेरीलाई बिभिन्न कार्यक्रमकाे माध्यमबाट सुधार गराउने ध्येयले गाउँनगर र देशलाई छुट्टै पहिचान बनाउन आफुबाट शुरूवात गर्नु पर्छ भन्ने भनाइ अनुसार साे कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकाे हो ।
जिल्लाकाे याे पहिलो वडा हाे जसले यस्तो कार्यक्रमलाई पहिलो शुरूवात गरेकाे छ । यस्तो देखासिकिले अरू वडाका अध्यक्षले अन्य वडामा शिक्षा प्राथमिकतामा राखेर केही कार्यक्रम गराउने उदेश्यले वडा अध्यक्ष कुशवाहाले जनाए ।
साे कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यालय प्रतिनिधि विद्यार्थी तथा गाउँका भद्रभलादमी, बिद्यार्थीहरुकाे उपस्थित रहेकाे सो वडाका वडा सचिब छाेटेलाल मिश्राले जनाए । दिपेश कुमार शाह


