शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चीन भ्रमणमा जाँदै विद्या भण्डारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीन भ्रमणमा जाँदै विद्या भण्डारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / एमालेको सक्रिय राजनीतिमा फर्किने बलियो आधार देखिँदै गएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अर्को महिना चीन भ्रमण गर्ने भएकी छिन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद भण्डारीले चीन जाने निश्चित भएको हो। भण्डारीलाई चीनले पूर्वराष्ट्रपतिको रुपमा भन्दा पनि एमाले नेतृका रुपमा स्वागत सत्कार गर्ने भएको छ।

एमालेको सक्रिय राजनीतिमा फर्किन भण्डारीले भित्रभित्रै गतिविधि अघि बढाइरहेको दाबी भइहरेका बेला यही जेठ १६ गते प्रज्ञा भवनमा भएको एक कार्यक्रमले त्यसलाई थप बलियो बनायो।

२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा छैनन्। तर, बुधबार एमाले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन अध्यक्ष ओलीको उपस्थितिमा भण्डारीले गरिन्।

अध्यक्ष नै उपस्थित भएको कार्यक्रममा पार्टीको कुनै औपचारिक पदमा नरहेकी भण्डारीले गरेको भेला उद्घाटनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। शक्तिशाली ओली भण्डारीको उपस्थितिमा ‘ताली बजाउन’ मात्रै सीमित भए।

नेपालका कम्युनिष्टहरुलाई एकै ठाउँ रहन चीनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्दै आएको छ। तत्कालीन नेकपामा देखिएको विग्रह र त्यसैको फलस्वरुप पार्टी तीनचार टुक्रामा विभाजित भएबाट चीन सन्तुष्ट छैन।

नेकपाभित्रको बिग्रहले एमाले माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएनन् मात्रै, एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो भने वामदेव गौतम नेकपा एकता अभियानका नाम लिएर छुट्टै अस्तित्वमा छन्।

भण्डारीको आउँदो भ्रमणबाट चीनले उनलाई कम्युनिष्ट एकताको संयोजनकारी भूमिकामा फर्काउन खोजेको दाबी स्रोतको छ। एमालेबाट ओलीको विकल्पमा भण्डारीलाई अघि बढाउने र त्यसमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाललाई पनि सहमत गराउने गरी राजनीतिक रोडम्यापको खाकाको पूर्व तयारीका रुपमा भण्डारीको चीन भ्रमणलाई लिइFदैछ।

ओलीको विकल्पमा भण्डारीलाई स्वीकार गर्ने मनस्थितिमा दाहाल नेपाल यसअघि नै पुगिसकेको चर्चा राजनीतिक वृत्तमा छ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

६ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक