बुध, अशोज १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खोकनामा इतिहास बचाउन शुद्ध तोरी मिल तयार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
खोकनामा इतिहास बचाउन शुद्ध तोरी मिल तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । काठमाडाैं उपत्यकामा मात्र नभइ ललितपुर महानगरपालिका–२१ खोकना शुद्ध तोरीको तेल पाइने ठाउँका रुपमा परिचित छ। केही वर्ष अघिसम्म खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय थियो। हाल खोकनावासी कृषिमा आवद्ध भए पनि तेल व्यवसाय सञ्चालन गर्ने कम मात्रामा भइरहेकाे छ ।

खोकनाको चार टोलमा चार परम्परागत तोरी पेल्ने काठको मिललाई विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि २०७४ देखि ललितपुर महानगरले पुनःनिमार्ण कार्य सुरु गरेको ललितपुर–२१ का वडाध्यक्ष रवीन महर्जन जनाउँछन्।

उनले भने, ‘खोकना शुद्ध तोरीको तेल पाइने ठाउँको रुपमा परिचित रहेको कारण इतिहास बचाउनलाई र यहाँका बासिन्दालाई व्यवसायमा जोड्नलाई मिल तयार गर्न लागेका हौँ।’ खोकनावासीलाई व्यवसायमा जोड्न र खोकना ऐतिहासिक गाउँ रहेका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न परमपरागत मिल सञ्चालनमा ल्याउन लागेको वडाध्यक्ष महर्जनको भनाइ छ।

उनका अनुसार ऐतिहासिक रुपमा चार टोलमा सञ्चालित चार मिलका लागि भवन निर्माण कार्य करिब सकिएको र अब यो वर्षभित्र सञ्चालनमा आउनेछ। हाल खोकनाका स्थानीयले आधुनिक मेसिनबाट चल्ने तोरी मिल प्रयोग गरेर व्यवसाय सञ्चालन गरे पनि परम्परागत रुपमा चलिएको काठको मिल एउटा मात्र छ।

‘ग्याबु ज्यासा’ तेल मिल स्थानीय कान्छा महर्जनले सम्झौताअनुसार सञ्चालन गर्दै आएका छन्। अन्य ह्योबु टोल, धोकासी टोल र थलसी टोलका परम्परागत मिल २०७२ सालको भूकम्पपछि सञ्चालनमा आउन सकिरहेका छैनन्। ती परम्परागत मिललाई सञ्चालनमा ल्याउन महानगरले पहल गरिरहेको छ।

ललितपुरको खोकना कृषि पेसा र संस्कृतिमा अब्बल भएका कारण यहाँको परम्परालाई बचाउनुपर्ने खोकनाका स्थानीय ६१ वर्षका हरिराम डुङ्गोल बताउँछन्। ‘आजभन्दा ३० वर्ष अगाडि खोकनामा ‘अर्गानिक’ उत्पादन हुन्थ्यो, स्थानीयवासी खेतीपाती, पशुपालन र तेल व्यवसायमा आवद्ध थिए, अहिले परम्परागत पेसा विस्तारै हराउँदै गरएको छ,’ उनले भने।

त्यसैगरी आफूहरु तोरीको तेल बेच्न काठमाडौँ उपत्यकाका विभिन्न ठाउँलगायत धादिङ र नुवाकोटसम्म पुगेको स्थानीय ८१ वर्षका पुनलाल महर्जन बताउँछन्। उनी विगत सम्झँदै भन्छन्, ‘अहिले त फोनको भरमा घरमै तोरी आउँछ, तेल लिनका लागि पनि घरमै ग्राहक आउँछन्, त्यो समयमा तेल बोकेर तोरी साट्न नुवाकोट, रसुवालगायतका जिल्लासम्म पुग्नुपर्थ्यो।’

खोकनावासीको मुख्य पेसा तेल व्यवसाय रहेको इतिहास भए पनि त्यो इतिहास विस्तारै मेटिन थालेको खोकनाका स्थानीय ७० वर्षीय रामलाल महर्जन बताउँछन्। उनी भन्छन्, ‘अहिले परम्परागत काठको मिल छैनन्, सबै आधुनिक मिल छन्, धेरैले परम्परागत तेल व्यवसाय पनि छाडिसके, वास्तवमा परम्परालाई बचाउनुपर्ने हो।’

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

अविरल वर्षाका कारण प्रभावित

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक