बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महजोडीको माफी : सामाजिक सञ्जालले कसैबाट पनि गल्ती सहन्न !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

विज्ञानले समाजलाई साँघुरो बनाइदिएको छ । सामाजिक सञ्जाल विज्ञानकै विकासको उत्कृष्ट र समाजले अपनाएको अत्यन्तै लोकप्रिय पाटो हो, कि यसलाई अपनाऊ कि समाप्त होऊ ! आजको समाज र समयले दिएको सन्देश यही हो । विश्वभर नै अहिले सामाजिक सञ्जाल असहमति प्रकट जबर्जस्त थलो बनेको छ । यसमा शासकीय बेथितिदेखि सामाजिक समस्याहरुमा तत्काल प्रतिक्रिया दिन सहज बनेको छ । पहिले पहुँचवाला वर्गले मात्र आफ्नो आवाज राख्ने र सुनाउने अवस्था थियो । सामाजिक सञ्जालले ती सबै मानकहरु भत्काएको छ । अब चाहे स्वदेश वा विदेशका विषय हुन्, सर्वसाधारणले सहजै आफ्नो आवाज सामाजिक सञ्जालमार्फत सुनाउन पाएका छन् । खुलेर असहमति प्रकट गर्न पाएका छन् ।

नेपालमा सामाजिक सञ्जालमा सर्वसाधारणको उपस्थिति उल्लेखनीय छ । त्यसैले धेरैजसो विषयमा सर्वसाधारण सामाजिक सञ्चालमा पक्षविपक्षमा धारणा राखिरहेका पाइन्छ । यसले शासकीय वर्गलाई गलत कदम चाल्नबाट रोकेका उदाहरण पनि थुप्रै छन् । सामाजिक सञ्जालमा राखिएको आवाजकै कारण विभिन्न व्यक्तिहरुले न्याय पाएका छन् । सामाजिक सञ्जाललाई सही ढंगले उपयोग गर्न नसक्दा केही आलोचित पनि भएका छन् । त्यसैले अहिलेको समयमा सामाजिक सञ्जालको महत्व झनै बढेर गएको छ ।

पछिल्लो समय एउटा विषय सर्वाधिक चर्चामा रह्यो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ । नागरिकता किर्तेको विषयमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परेका थिए । तर, मिडिया उद्यम सिरोहिया समाचार लेखिएको विषयका कारण राज्यको निशानामा परेको र उनको गिरफ्तारी प्रेस स्वतन्त्रताको खिलाफ रहेको एक पक्षको भनाइ रह्यो । नेतादेखि पत्रकार, कलाकार, सामाजिक अभियन्तालगायतले सिरोहियाको पक्षमा धारणा राखे । तर, सामाजिक सञ्जाल भने यसको ठीक विपक्षमा देखिन्छ । नागरिकतासम्बन्धी विवादमा परेका सिरोहियाको पक्राउलाई पत्रकारिता क्षेत्रसँग जोड्न नहुने भनी धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आएका छन् । त्यति मात्र नभई सिरोहिया पक्राउको विरोध गर्नेमाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् ।

यसैको एक उदाहरण हो, लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोड) को माफीको विषय । सिरोहिया पक्राउको प्रकरणमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मह जोडीले अहिले माफी मागेका छन् । हाल कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका मह जोडीले एक भिडियो सार्वजनिक गर्दै अदालतमा विचाराधीन विषयमा बोल्नु आफूहरूको गल्ती भएको जनाएका हुन् । मह जोडीले अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको गल्ती भएको अभिव्यक्ति दिएका थिए, जसका कारण सामाजिक सञ्जालमा उनीहरुको चर्को आलोचना भएको थियो । यस्तै, अस्ट्रेलियामा मह जोडी सहभागी हुन लागेको कार्यक्रम पनि प्रभावित हुने जोखिम बढेको थियो ।

मदनकृष्णले भनेका छन्, ‘अस्ति नै हामी एउटा क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौँ, त्यही बेला त्योभन्दा गम्भीर रूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनुभएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौँ के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस हामीले गरेका छौं ।’ हरिवंशले पनि अदालतमा विचाराधीन भइरहेको मुद्दाको विषयमा आफूहरुले नबोलेको भए हुने जनाएका छन् । ‘यो हामीबाट त्रुटि भयो, भूल भयो, त्यसको लागि तपाईंहरूले आफ्नै मान्छे सम्झेर, यत्रो वर्ष आफ्नै मान्छे सम्झेर माया गरिदिनुभयो, यो पल्ट पनि तपाईंहरूले सबै कुरा बिर्सिएर माफ गरिदिन अनुरोध गर्दछु ।’

यस्ता घटनाले सामाजिक सञ्जालको शक्तिलाई उजागर गरेको छ । महजोडीको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमै आएको एउटा प्रतिनिधि प्रतिक्रियालाई हेरौं । सुरेश आचार्यको प्रतिक्रिया छ, तपाईंहरूले कैलाश सिरोहियाका बारेमा जुन प्रतिकृया दिनुभयो, त्यो अक्षम्य गल्ती भयो ! सायद, यही कारणले अस्ट्रेलियामा हुन लागेको तपाईहरूको कार्यक्रम नेपाली डायस्पोराले बहिस्कार र विरोध गर्ने भएपछि रद्द भयो भन्ने सुनेको छु । विश्वव्यापी रूपमा तपाईहरू विरूद्ध नेपालीहरू असन्तुष्ट भएको बुझेर अहिले माफी माग्नु भएछ, ठीकै गर्नु भयो, तर त्यो अब धेरै ढिलो भयो ! मूल कुरा, कैलाशजीलाई नेपाली आम नागरिकले बुझेको र तपाईहरूले जीवनभरी बुझेको फरक प¥यो नि ! जनताको मन भाँचेपछि…जीवनभरि राष्ट्रका लागि गरेको योगदान एकै पटकमा शून्यमा परिणत हुन्छ भन्ने नेपालकै इतिहासमा पनि भेटिन्छ । कलाको क्षेत्रबाट राष्ट्र निर्माणमा तपाईंहरूको योगदान के रहेछ भन्ने कुरा सिरोहियाबारे जनताको बुझाईसँग जोडेर हेरिने अवस्था आयो । तपाईहरूको प्रतिकृयालाई जनता जनार्दनले यसरी नै बुझे !

लोकप्रिय महजोडीलाई सामाजिक सञ्जालले आफ्नो कब्जाबाट भाग्न दिएन, संयमित बनेर गल्ती स्वीकार गर्न महजोडीलाई बाध्यता नै भयो, तर हाम्रा नेताहरु सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाएर विज्ञानको विकासलाई जनतासम्म पुग्नबाट बाधक बन्ने दुस्साहस गरिरहेका छन् । यसले दीर्घकालीन रुपमा उनीहरु राजनीतिक भविष्यमाथि जोखिम बढाएको सहजै आकलन गर्न सकिन्छ । जनधारणा साप्ताहकबाट

 

यो पनि पढ्नुहोस्

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

४ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक