काठमाडौं । सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
सरकारले यो कार्यक्रम मार्फत नि:शुल्क प्रसूति सेवा तथा महिलाहरुलाई स्वास्थ्य संस्थामा आउन जान यातायात खर्च उपलब्ध गराउने, गर्भजाँच नि:शल्क गर्ने लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरकारले यो कार्यक्रमलाई निरन्तरता दिर्दै आगामी वर्षका लागि ३ अर्ब ६ करोड विनियोजन गरेको हो।