मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले  संघर्षमा उत्रिन बाध्य भएको जानकारी गराए ।  जेठ ३ र ४ गते बुटवलमा भएको विशाल जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने पौडेलको चेतावनी छ ।
सर्वोच्च अदालतको अल्पकालीन आदेशको समेत ठाडो उल्लंघन गरेर डोजर आतंक मच्चाएको भन्दै रोश व्यक्त गर्दै पौडेलले भने,“महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विपन्न परिवारमाथि गम्भीर अमानवीय हर्कतको प्रतिबादको लगि हामी तयार छौं ।”

संरक्षण समितिका सल्लाहकार संयोजक विरेन्द्र विकले वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीहरुलाई विना विकल्प डोजर लागाउने कार्यले वर्तमान सरकार हुनेखानेको मात्रै भएको आरोप लगाए । आफूहरुले सुरुमा सरकारलाई पीडितको न्यायका लागि ध्याकर्षर्ण गराउने र नसुने त्यस्को स्तरवृद्धि गर्दै लग्ने पनि विकले जानकारी दिए । “बालेन सरकारले नसुने  जेठ ३० र ३१ गतेबाट राजधानी केन्द्रीत प्रदर्शन गर्ने बताउँदै विकले भने,“सरकारलाई ध्यानाकर्षणले नपुग्नेदेखिएकोले  सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गर्न बाध्य भएका छौं ।” सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने भनेर झुक्याइरहेको आरोप समेत लगाए,“सरकार होल्डिङ सेन्टर हुन कि उहाँ पीडितहरुका लागि यातानालय, यहाँ मानवअधिकारवादी संस्था कहाँ छन्” विकले प्रश्न गरे ।

मत हालेर प्रधानमन्त्री बनाएको तर त्यही मत आफूहरुलाई भारी परेको बताउँदै विकले भने,“हाम्रो मत वैध, कर वैध, बसेको जमिन कसरी अवैध भयो ? यदि हामी अवैध हो भने तिमी र तिम्रो पार्टीले हामीबाट पाएको मत पनि अवैध हो, तिम्रो सरकार पनि अवैध हो, त्यसकारण तिमीलाई १ मिनेट पनि जिम्मेवारीमा बस्ने नैतिकता छैन, बालेन जी प्रधानमन्त्रीको कुर्सीबाट तत्काल राजीनमा देउ ।”

संरक्षण समितिका हरिश गिरीले सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई सहिद घोषणा गर्न माग गरे । गिरीले मृतकको परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र अत्महत्य गर्न बाध्य पार्ने दोषीउपर कारबाही गर्न माग समेत गरे ।

समितिका सदस्य विरमान लामाले सुकुम्बासी तथा पीडित भूमिहीनहरुलाई सरकारले लालपूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूतिसहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानीक डोजर अभियान बन्द गर्नुपर्नेलगायतका १५ बुँदे मागहरु परा नभए देशव्यापी आन्दोलन चर्काउने कार्ययोजना रहेको जानकारी दिए ।

राष्ट्रिय जेनजी–नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले अवैधानीकरुपमा बालेन सरकारले भूमिहीन–सुकुम्बासीहरुलाई उठिबास लगाएको बताए । “बानेल सरकारले आफू र काठमाडौंबासीको मात्रै देश भएजस्तै गरिरहेकोले अधिकारको लडाईलाई थप कडा बनाउनुपर्छ” विश्वकर्माले भने ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नाबालिकाकाे उद्वार

१ घण्टा अगाडि

सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीको माग

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक