सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभएको छ।

सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री गौतमले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री गौतमले यस ऐतिहासिक कार्यलाई निष्कर्षमा पुर्‍याउनका लागि संसद्‌मा रहेका सबै राजनीतिक दलहरूसँग सहकार्य र सहमति गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो।

सङ्क्रमणकालीन न्याय निरूपणका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सम्बन्धित नियमावलीहरू तयारी अवस्थामा रहेको र पीडितहरूका लागि परिपूरण कोष सञ्चालनमा ल्याइएको जानकारी समेत उहाँले दिनुभयो। सरकारले यस कार्यलाई व्यवस्थित बनाउन सोसँग सम्बन्धित विषयवस्तुहरूको अभिलेखीकरण गर्ने कामलाई तीव्रता दिएको उहाँको धारणा थियो।

बैठकमा मन्त्री गौतमले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको विगत, वर्तमानको अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत ‘पोजिसन पेपर’ तयार गरिँदै छ। यो कार्य सबै दलहरूसँग बसेर उनीहरूको सरसल्लाहमा गरिनेछ।” उहाँले कार्ययोजना बनाउनुअघि सरकारसँग स्पष्ट अभिलेख हुनुपर्ने भएकाले अहिले त्यसको पृष्ठभूमिमा काम भइरहेको जानकारी गराउनु भयाे ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन आवश्यक वित्तीय व्यवस्थापन, रणनीति तथा कार्ययोजना तयार गर्नुका साथै राजनीतिक तहमा संवाद र परामर्शको प्रक्रिया निरन्तर अगाडि बढाइएको मन्त्री गौतमले बताउनुभयो। दलहरूसँग मात्र नभई सरोकारवाला (स्टेकहोल्डर) हरूसँग पनि परामर्श भइरहेको उहाँले उल्लेख गर्नुभयो।

मन्त्री गौतमले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनको पछिल्लो संशोधन बमोजिम नियमावली बनाएर परिपूरण लगायतका कार्यका लागि कोष सञ्चालनमा आइसकेको र दुवै आयोगको जनशक्ति व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समेत तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सरकारले सङ्क्रमणकालीन न्याय सम्पादनका लागि स्पष्ट कार्यदिशा बनाउने काम गरिरहेको उहाँले प्रस्ट पार्नुभयो।

यो पनि पढ्नुहोस्

क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाद्वारा प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक