काठमाडाैं । सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ ।
आज पनि सुनको भाउ ताेलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एक लाख ३८ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।