पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका-१ का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार-१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका-७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना-५ का २१ वर्षीय सुदिप गिरी, अछाम रामारोसन-७ का २३ वर्षीय नविन भन्ने नृप भण्डारी, वैतडी पुरचौडि-१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा-५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा वझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबिच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो । पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।