बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पार्टी विभाजन गैरकानुनी : उपेन्द्र यादव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
समाजवादी मोर्चा नेपालले कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने जनाउनुभएको छ ।

पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढङ्गले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताउनुभयो । पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनुभयो ।

‘‘गैरकानुनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र, त्यो प्रमाण पत्र दिएको यहाँहरूले हेर्नुभएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अव व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्ने हो भने सांसद बनेका छन् । मन्त्री बनेका छन् । अब त्यहाँभन्दा बढी बनाउने त हामीसँग क्षमता छैन ।,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरूलाई धरापमा पार्ने, सङ्घीयतालाई धरापमा पार्ने गरी पार्टी विभाजन गर्‍यौँ भन्ने छ । किन गर्‍यौँ भन्दा कुनै तर्क छैन ।’’

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौती दिने अध्यक्ष यादवको भनाइ थियो । उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर कांग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको र त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनुभयो ।

‘‘पार्टी विभाजन गरिएको जुन घोषणा भयो र दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौती दिन्छौँ लिगल र सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले चाहिँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदै छ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो ।,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । हाम्रो समर्थन यथावत् नै छ । र, यो रहन्छ । अब यसपछि परिस्थिति कसरी निर्भर रहन्छ ? त्यसमा भर पर्छ ?’’

अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

१२ घण्टा अगाडि
देउवा समूहको भेलामा धुमबराहीमा सुरु

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक