मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले एनसेलको पछिल्लो शेयर खरिद बिक्रीलाई मान्यता नदिने निर्णय

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले एनसेलको पछिल्लो शेयर खरिद बिक्रीलाई मान्यता नदिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले टंकमणि शर्माको संयोजकत्वमा गठित छानबिन आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिने निर्णय लिएको स्रोतले जानकारी दियो।

श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्सबाट एनसेलमा २० प्रतिशत शेयरमा रहेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीले एनसेलको थप ८० प्रतिशत सेयर खरिद गरेको जानकारी गत मंसिरमा बाहिरिएको थियो।

मलेसियाको एजियाटा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर आचार्यले बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट यूके कम्पनीलाई अस्वभाविक मूल्यमा बिक्री गरेको सार्वजनिक भएपछि सरकारले पूर्वमहालेखा परीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले गत माघ १५ गते शेयर खरिद बिक्रीलाई ‘स्वभाविक मान्न नसकिने’ निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। एजियाटाले स्पेक्ट्रलाइटलाई शेयर विक्री गर्दा नियामक निकाय नेपाल दूरशञ्चार प्राधिकरणबाट लिनुपर्ने अनुमति नलिएको तथा यसअघिदेखि नै शेयर खरिद बिक्रीमा कर छल्दै आएको निष्कर्ष निकालेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा।

कर छल्न सन् २०१६ मा स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर (एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ)मा आजियाटालाई बिक्री गरेको थियो। तर सात वर्षपछि गत मंसिरमा त्यहीँ शेयर ९६.३४ प्रतिशतले घटाएर आजियाटाले बिक्री गरेको जानकारी एनसेलले सार्वजनिक गरेको थियो।

सन् २०१६ कै कारोबारमा पुँजीगत लाभकर छल्ने कोसिस भएको शेयर खरिद प्रकरणमा पाछिल्लो कारोबारमा अत्याधिक मूल्य घटाउनुको एउटा प्रयोजन लाभकर छल्नु थियो।

सरकारले शेयर खरिद बिक्रीलाई मान्यता नदिने निर्णय गरेसँगै पाँच वर्षपछि एनसेललाई सरकारीकरण हुन नदिने योजना विफल हुने भएको छ। ५० प्रतिशतभन्दा बढी शेयर विदेशी कम्पनीको भएमा २५ वर्षपछि दूरसञ्चार कम्पनी स्वतः सरकारीकरण हुने व्यवस्थालाई प्रभावित पार्न आचार्यले थप ८० प्रतिशत शेयर खरिद गरेका थिए।

दूरसञ्चार ऐन–२०५३ को दफा १५ मा ‘दूरसञ्चार कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र त्यसपछि त्यसको सम्पती तथा लाइसेन्स नेपाल सरकारको नाममा जाने व्यवस्था दफा ३३ मा गरिएको छ।

दफा ३३ मा भनिएको छ, ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र अवधि समाप्त भएपछि सरकारको स्वामित्वमा आउनेछ।’ एनसेलले २०६१ भदौ १६ लाइसेन्स पाएको थियो। त्यसको २५ वर्ष अर्थात् २०८६ भदौ १६ गतेबाट एनसेल राष्ट्रिकरण हुने सम्भावनातर्फ उन्मुख भएको हो।

संसदको सार्वजनिक लेखा समितिले पनि विवादित शेयर खरिद बिक्रीलाई मान्यता नदिन निर्देशन दिएको थियो।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

तेहरान खाली गर्न ट्रम्पले दिए सल्लाहार

४२ मिनेट अगाडि
इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक