सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपा नेपाल फुट्यो, माधव नेपालको सपना चकनाचुर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्छः माधवकुमार नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

facebook sharing button
whatsapp sharing button

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको पछिल्लो ‘मूभमेन्ट’ को सिधा धक्का उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा परेको छ ।

सत्ता गठबन्धनप्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेससहितको वैकल्पिक गठबन्धन बनाउने मूभमा अध्यक्ष नेपाल केन्द्रित बन्दा उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित बन्न पुगेको छ । अध्यक्ष नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने र प्रधानमन्त्री बन्ने कसरतमा लागेको समाचार सार्वजनिक भइरहेका बेला माधवको उक्त मूभ असफल पार्न र प्रचण्ड नेतृत्वको सरकार जोगाउन जसपा विभाजनको यात्रामा पुगेको नेताहरूले जनाएका छन् ।

माओवादीका एक नेता भन्छन्, ‘नयाँ सत्ता समीकरण असफल पार्ने र सरकार ढाल्ने खेलहरू भए । त्यसलाई रोक्न केही उपाय लगाउनुपर्ने नै थियो । सोही अनुसार आइतबार जसपाले यस्तो कदम चाल्न पुग्यो ।’

राई पक्षमा लागेका नेता राजेन्द्र श्रेष्ठले जसपा नेपालको नेतृत्व (उपेन्द्र यादव)ले सबैलाई मिलाएर लैजाने वातावरण पार्टीमा नबनाउँदा यो नतिजा आएको जनाए ।

 

‘मैले लामो यात्रा गर्ने हो भने सहकार्यको वातावरण बनाऔँ भनेर ६ महिना अघिनै भनेको हो । यदि एक्लै हिँड्ने हो भने अरू पनि एक्लै हिँड्न चाहन्छन् र त्यसको परिणाम पार्टी विभाजनमा जान्छ भनेको थिएँ’, श्रेष्ठले यादवलाई भनेको स्मरण गर्दै रातोपाटीसँग भने, ‘तर राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउने आकांक्षामाथि घात भएपछि हामीले यो बाटो रोज्नु परेको हो ।’

नेता श्रेष्ठले माधव नेपाल र उपेन्द्र यादव गठबन्धनबाट बाहिर निस्कनसक्नेबारे आफूलाई थाहा नभएको जनाएपनि आफूहरू भने प्रचण्ड नेतृत्वको सरकारको निरन्तरतामा रहेको जनाए ।

‘प्रधानमन्त्री प्रचण्डलाई निरन्तरता दिने हाम्रो चाहना हो’, श्रेष्ठले भने, ‘एमालेसहितको गठबन्धनको सरकारमा जान उपेन्द्र यादवजी चाहनु नै भएको थिएन । तर हामी बहुमतले निर्णय गरेर सरकारमा गएका थियौँ ।’

माधव नेपाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए आफू पनि बाहिरिने र सरकारलाई अल्पमतमा पार्ने पक्षमा उपेन्द्र सहमत रहेका थिए । नेता नेपाल र उपेन्द्रको सोही मूभमेन्ट बुझेको जसपा नेपालका बहुमत पक्षले नेता अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएपछि जसपा नेपाल विभाजनको पटाक्षेप भएको हो ।

 

राईसहितका नेताहरू आइतबार अपराह्न निर्वाचन आयोगमा पुगेर दिएको निवेदनमा प्रस्तावित नयाँ पार्टी (जसपा) का लागि  जसपा नेपालका सात जना सांसदले हस्ताक्षर गरेका छन् । नयाँ पार्टी गठनको पक्षमा सांसदहरू अशोक राई, नवलकिशोर साह, प्रदीप यादव, रञ्जु कुमारी झा, विरेन्द्र महतो, सुशिला श्रेष्ठ र हसिना खान खुलिसकेका छन् ।

१२ सांसद रहेको जसपा नेपालमा प्रकाश अधिकारी, राजकिशोर यादव, रेखा यादव र उपेन्द्र यादवमात्र बाँकी रहने भएका छन् । अर्का सांसद दीपक कार्की समेत राईको पक्षमा रहेको नेताहरूले बताएका छन् । आइतबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको राई पक्षले आइतबार नै ३१ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसमा पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादव सहअध्यक्ष बनेकी छन् । त्यसैगरी नेताहरू नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई चयन भएका छन् । प्रदीप यादव उपमहासचिव छन् भने दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा। वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री छन् । यादव हाल अमेरिकामा रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सरकारप्रति सन्तुष्ट हुन सकेको थिएन । पछिल्ला दिनहरूमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतका केही नेताहरूले सत्ता गठबन्धनप्रति आफूहरू ‘खुस’ नरहेको सार्वजनिक रूपमै बताइरहेका थिए । वैशाख १५ मा सम्पन्न उपनिर्वाचनमा उम्मेदवारी उठाउने क्रममै गठबन्धनका नेताहरूको चाहनाविपरित अध्यक्ष नेपालले इलाम र बझाङमा उम्मेदवारी दिएका थिए । उपचुनावमा मात्र होइन त्यसअघि राष्ट्रिय सभाको उपाध्यक्ष र मनोनीत एक सांसद आफ्नो हुनुपर्ने माधव नेपालको मागलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सुनुवाइ नगरेपछि माधव नेपालको राजनीतिक मूभ फरक दिशामा जानसक्ने आँकलन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली जानकार नै थिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर गत फागुन २१ मा एमालेसहितको गठबन्धन बनाएकोमा अध्यक्ष नेपाल प्रफुल्ल नभएपनि पछि नेता नेपाल एमालेसहितको गठबन्धनमा मिसिन बाध्य भएका थिए । प्रधानमन्त्री र एमाले अध्यक्ष ओली आफ्नै निवासमा आएर अनुरोध गरेपछि सत्ता गठबन्धनमा मिसिएका नेता नेपालले संसद्को यही कार्यकालमा आफू प्रधानमन्त्री बन्ने सुनिश्चितता खोजेका थिए । तर नेपालको यो चाहानामा एमाले अध्यक्ष ओली सकारात्मक बन्न सकेका थिएनन् । ओली सकारात्मक नबनेपछि पछिल्ला केही दिनयता ओली र माधव सार्वजनिक रूपमै एकअर्काविरुद्ध आलोचनामा उत्रिएका थिए ।

उपेन्द्रनिकट मनिष सुमन भन्छन्– राजनीतिक आत्महत्या 

उपेन्द्र यादव पक्षका नेता मनिष सुमनले केही नेताहरू जसपा नेपालबाट चोइटिएर गएको बताए ।

‘केही साथीहरू चोइटिएर गएका हुन् । महाधिवेशन जेठ २८ गतेदेखि तय भइसकेको छ । सो महाधिवेशनमा केही साथीहरू पुन नेतृत्वमा आउँछु, महाधिवेशनमा साथीहरूले पत्याउलान् भन्नेमा उहाँहरूलाई शंका लाग्यो’, सुमनले रातोपाटीसँग भने, ‘यस्तो शंका लागेपछि उनीहरू चोइटिएर नयाँ दल नयाँ चुनाव चिह्न राखेर दल दर्ता गर्न लाग्नुभएको हो । ती साथीहरूले आफ्नो राजनीतिक आत्महत्या आफैँ गरे ।’

उनले बहुमत सांसदहरू फरक कित्तामा गएपनि आम कार्यकर्ता, विचार र सिद्धान्त उपेन्द्र यादवको पक्षमा रहेको दाबी समेत गरे ।

दल विभाजनसम्बन्धी कानुन छ ?

यतिबेला दल विभाजनसम्बन्धी कानुनी व्यवस्था छैन । पटकपटक विवादित बन्दै आएको दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्था छ । यस्तो अवस्थामा जसपाको श्रेष्ठ–राई समूह कुन व्यवस्थामा रहेर विभाजनको प्रक्रियामा गयो भन्ने अन्योल छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ (२) ब्युँताउन पछिल्लो समय सरकारले नयाँ विधेयक ल्याए पनि उक्त विधेयक संसद्‍मा विचाराधीन अवस्थामै छ । यस्तो बेला कुनै दल फुटेर अर्को दल बन्न निवेदन दिए के गर्ने भन्नेमा आयोगका अधिकारीहरू पनि अन्योलमै छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश, २०७८ अनुसार जारी भएको जुन नियमावली छ, त्यो नियमावली खारेज नभएकाले सोही अनुसार दल दर्ता हुने राई पक्षको भनाइ छ । दल विभाजनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भएर आजसम्म पनि  विद्यमान रहेकाले सोही आधारमा आफूहरू अघि बढेको नेता राजेन्द्र श्रेष्ठको भनाइ छ ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक