काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्टइन्डिजमा आागमी महिनाबाट सुरु हुने आईसीसी टी-२० विश्वकपमा सहभागि हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ। एक कार्यक्रम बिच आगामी २ जुनदेखि २९ सम्म हुने विश्वकपमा सहभागि हुने टोलीको बिदाइ गरिएको हो।
नेपाली टोली शनिबार राति वेस्टइन्डिज प्रस्थान गर्ने कार्यतालिका रहेको छ। बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, गृहमन्त्री रवि लामिछाने लगायत सहभागि भएका थिए।