काठमाडौं । मंगलबारदेखि दुई दिने नेपालको औपचारिक नेपाल भ्रमणका रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली पक्षले सामान्य कुरामा ध्यान नदिएको पाइएको छ।
नेपालीभन्दा ठूला कदका थानीलाई उपलब्ध गराएको कार घुडा ठोक्किएपछि उनी त्यसबाट ओर्लिर आफ्नै दूतावाताको फराकिलो कारमा चढेर विमानस्थलबाट बाहिरिएका हुन्। सामान्यतया ठूला देशका उच्च पदस्थ व्यक्तिहरु भ्रमणमा जाँदा आफ्नै सवारी सधान लैजाने गर्छन्।
अमिरको भ्रमणका क्रममा पनि कतारले आफैँले व्यवस्थापन गर्ने प्रस्ताव गरे पनि नेपाली पक्षले उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। परराष्ट्रमन्त्रालय स्रोतका अनुसार नेपाल आफैँले सवारीको व्यवस्थापन गर्ने भएपछि कतारी पक्षले उताबाट अमिरका लागि छुट्टै कारको व्यवस्था गरेन।
तर विमानबाट ओर्लिएर बाहिरिने क्रममा नेपाल सरकारले उपलब्ध गराएको कारमा नअटेपछि अमिरले सँगै रहेको आफ्नै दूतावासको सवारी साधन प्रयोग गरेका हुन्।
मंगलबार साँझ नेपाल आइपुगेका अमिरले राष्ट्रपति पौडेलसँगै मंगलबार नै शितलनिवास पुगेर औपचारिक भेटघाट गरेका छन्।