मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कतारका राजा अमिर शेखलाई हात्ती उपहार दिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कतारका राजा अमिर शेखलाई हात्ती उपहार दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ  । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात्ती उपहार पठाउने भएको छ ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका दौरानमा कन्जरभेसन कूटनीतिलाई जोड दिँदै नेपालका तर्फबाट दुई हात्ती उपहार दिन लागिएको हो ।

उपहार दिने सम्बन्धमा राजा थानीको राजकीय भ्रमणका क्रममा एमओई हुने र प्रक्रिया मिलाएर पठाउन एक डेढ महिना लाग्ने बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उपहार सम्बन्धमा वन मन्त्रालयमा एमओइ भएपछि मात्र कहिले पठाइने भन्ने सम्बन्धमा टुङ्गो लाग्ने बताउनुभयो ।

“प्रजनन केन्द्रमा जन्मिएर हुर्काएका दुई हात्ती कतारलाई उपहार दिने कुरा एमओइ पछि मात्र कहिले पठाउने भन्न सकिन्छ” उहाँले भन्नुभयो । प्रजनन केन्द्रमा २०७५ असोज २३ मा पुजाकलीबाट जन्मिएकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्र प्रसादलाई कतारलाई उपहार दिन लागिएको हो । यी दुवै जङ्गली हात्ती रोनाल्डोका सन्तान हुन् ।

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सीप सिकाइएको जानकारी दिनुभयो । “पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सीप सिकाइएको छ” उहाँले भन्नुभयो ।

२०४४ सालमा भारतबाट १६, म्यानमार २ र थाइल्याण्डवाट २ गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६२ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ५५ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये ४ वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रमा हुर्काएर तालिम दिइएको हात्ती उपहार दिएको यो पहिलो हो ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र २ चितुवा उपहार दिई सकेको छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

दिन भरकाे यस्ताे छ माैसम

४८ मिनेट अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक