मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कतारका सरकार प्रमुख थानीले नेपालको भ्रमण गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कतारका सरकार प्रमुख थानीले नेपालको भ्रमण गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।

मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले जनाए ।

यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएन ।

त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारबाट एउटा सरकारी टोली आएको छ । त्यसले एजेन्डा लगायतका विषयमा छलफल गरिसकेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यो टोली नेपालमै छ । भेटघाटको तालिका बारे छलफल गरिरहेको छ । भोली–पर्सीतिर उनीहरू पनि फर्किने जनाइएको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

अप्रिल २३ देखि हुने भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने जनाइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने जनाइएको छ ।

नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ ९क्यूएफएफडी०मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन ।

यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ । सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनाए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार केही श्रम सम्झौता पनि हुन लागेको हो भने त्यसको मस्यौदामाथि दुई पक्ष बिच छलफल चलिरहेको छ । तर के सम्झौता हुँदैछ भन्नेबारे चाहिँ मन्त्रालयले जनाउन चाहेन ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक