बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आध्यात्मिक कुराले समाजलाई परिवर्तन गर्न सक्छ : मन्त्री चौधरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आध्यात्मिक कुराले समाजलाई परिवर्तन गर्न सक्छ : मन्त्री चौधरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनसरी । भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको जनाउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो जनाउनुभएको हो ।

आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्ने पनि गरेको उहाँले जनाउनुभयो ।

मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत जनाउनुभयो । “धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छु, उहाँले भन्नुभयो । यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ ।”

हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गर्नुभयो ।

स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनुभयो । आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उहाँले जनाउनुभयो ।

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने जनाउनुभयो । ुचतरा धाम, बराह क्षेत्रमा जुन कुम्भ मेलाको सुरुआत भयो । इतिहासको कालखण्डमा हाम्रा ऋषि मुनीहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ । यो कुम्भ मेलाको सुरुआत गर्दाखेरि तपाईंहरूले कति धेरै कुरा व्यहोर्नुभएको होलाु, उहाँले भन्नुभयो, “भारतमा पनि तपाईंहरूले सुन्नुभएको छ त्यहाँ पनि १२ वर्षमा कुम्भ मेला लाग्छ । कुम्भ मेलाले आन्तरिक पर्यटक, नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सँगसँगै एसियन क्षेत्रका पर्यटकहरू त्यहाँ आउँछन् । त्यसरी नै नेपालमा पनि कुम्भ मेला लगाइरहँदा खेरि यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।”

बराहक्षेत्र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उहाँले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर यो ठाउँको विकासका निम्ति भूमिका खेल्नुपर्छ ।”

त्यहाँ आवश्यक विकास निर्माण, सुरक्षा व्यवस्था सबै हिसाबले बनाउनका निम्ति सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो । “बराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु धर्मावलम्बीहरूले नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीहरूको आकर्षित गर्न सक्छौँ” मन्त्री चौधरीले भन्नुभयो, “सँगसँगै हामी कसरी आर्थिक रूपले पनि सम्पन्न हुन सक्छौँ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । हिन्दु सनातनी भारतमा बढी होला । त्यसपछि नेपालमा होला । त्यसकारण त्यहाँका पर्यटकको आकर्षण गर्न सकेमा आर्थिक रुपमा पनि सम्पन्न हुन सकिन्छ । जसले गर्दा अन्य धर्मावलम्बीहरू पनि प्रोत्साहित हुन सक्छन् ।”

मन्त्री चौधरीले बराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मुलुककै ठुलो धार्मिक गन्तव्यको रुपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उहाँले बराह क्षेत्र चतरा धामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले अन्य सम्बन्धित मन्त्रालयहरूमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै आध्यात्मिकले खराब नगर्ने भन्दै उहाँले यसले समाजलाई शुद्धीकरण गर्ने समेत बताउनुभयो । समाजलाई शुद्धीकरण गर्नका निम्ति धार्मिक गुरु, अनुयायीहरूको पनि महत्‍वपुर्ण भूमिका हुने उहाँको भनाई थियो । “म त भन्छु हरेक टोलमा आध्यात्मिक केन्द्रहरू भइदियोस् । जसले गर्दा दुई शब्द गुरुको बचन सुनेर, मन्दिरमा ढोगेर निस्किएमा त्यो मान्छेले दिनभरि कसैलाई कुविचार राख्दैन । कसैलाई गाली गर्दैन, कुट्दैन अर्थात् गलत कार्य गर्दैन ।”
सत्यको पक्षमा हिँड्दा कहिल्यै पनि हार नहुने भन्दै मन्त्री चौधरीले आफू पनि तीन पटक निर्वाचन लडेको प्रसङ्ग उल्लेख गर्दै दुई पटक उपबिजेता भएर तेस्रो पटकमा निर्वाचित हुन सफल भएको बताउनुभयो । संघर्ष गर्दै गएपछि एक दिन सफलतामा पुगिने भन्दै उहाँले निरन्तर संघर्ष गरिरहनु पर्ने जनाउनुभयो ।

त्यस अवसरमा कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यले भगवती चौधरी अरू जस्तो पुलिसलाई ढुङ्गा हानेर नेता भएको मान्छे नभएको भन्दै एकेडेमिक क्वालिफाइड नेता भएको जनाउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

१ दिन अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक