शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले देशमा विकास र समृद्धिको माहोल बनाउन लागिपरेको छ : उपप्रम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सरकारले देशमा विकास र समृद्धिको माहोल बनाउन लागिपरेको छ : उपप्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लहान । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुबीर महासेठले दलगत स्वार्थभन्दा माथि उठे मात्र देशको विकास सम्भव हुने जनाउनुभएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको लहान एक्सपोलाई लहानमा शुक्रबार  उदघाटन गर्दै उहाँले सो कुरा जनाउनुभएको हो ।

सता गठबन्धन परिवर्तन भएपछि वर्तमान सरकारले देशमा विकास र समृद्धिको माहोल बनाउन लागिपरेको उहाँको भनाइ छ । सरकारले राम्रो कामको थालनी गर्दा सबै दलले सामुहिक रुपमा सहयोग गर्ने वातावरण बन्न नसक्दा विकासले गति लिन नसेको उपप्रधानमन्त्री महासेठले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुई प्रतिशत अर्थिक वृद्धिदरभन्दा कम भइरहेको अवस्थामा हाम्रो दल नेकपा (एमाले) सरकारमा सहभागी भयो ।अहिले तीन प्रतिशतभन्दा बढी अर्थिक वृद्धिदर हुन थालेको छ । २०७४ सालमा सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमाजस्तै समृद्धि र विकासको कामले गति लिने विश्वास लिएका छौं ।’

व्यापार व्यवसाय प्रवर्धनका लागि समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार नाराका साथ आयोजना गरिएको लहान एक्सपोले आफूले उत्पादन गरेको बस्तुहरु निर्यात गर्न एक्सपो सफल होस् उपप्रधानमन्त्री महासेठले सुभकामना दिनुभयो ।

सिरहाको विकासप्रति सङघीय सरकारले कुनै भेदभाव नगरेको उपप्रधानमन्त्री महासेठले भन्नुभयो । ‘आफू २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा तराई मधेश विशेष कार्यक्रम अन्तर्गत २७ वटा योजनाहरु र ८० वटा राष्ट्रिय राजमार्गमध्ये चारवटा सिरहामा नै दिएको बताउनुभयो ।

मधेश प्रदेशमा रहेको धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न निजी क्षेत्रहरुले पर्यटकका लागि होटलहरु सञ्चालनमा ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । जनकपूरमा रहेको होेलभन्दा बर्दिवास र ढल्केवरका होटेलहरुमा भारतीय पर्यटकहरु बस्न रुचाएको उहाँको बुझाइ छ ।

कार्यक्रममा पूर्व कानूनमन्त्री तथा सिरहा–३ का सङघीय सांसद लिलानाथ श्रेष्ठ, सिरहा–१ का सङघीय सांसाद रामशङकर यादव, गङगाप्रसाद यादव, मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेश सभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी, सञ्जय यादव, ललिता दास, जिवछी यादव, मनोजसिंह, सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो र विभिन्न पालिका प्रमुखहरुको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

१० घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक