शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन    

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन    
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एवम् साहित्यकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज नेपाल पुलिस क्लब भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुईँटेल, नेपाल सरकारका पूर्व सचिव एवम् समालोचक गोपीनाथ मैनाली तथा स्रष्टाले विमोचन गर्नुभयो ।

कार्यक्रममा एआईजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकलाई शुभकामना दिनुभयो । सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उहाँको भनाई थियो । उहाँले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । एआईजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा लुईँटेलले उपन्यास सानो भएपनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताउनुभयो । “युगीन विकृति, विसङ्गतीको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो,”– उहाँले भन्नुभयो । सरल भाषा शैलिमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उहाँको भनाई छ ।

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताउनुभयो । उहाँले उपन्यासभित्र भाषाशैली केही नमिलेपनि उक्त कृति पठनीय रहेको उल्लेख गर्नुभयो । समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताउनुभयो । वरिष्ठ समालोचक एवम् लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताउनुभयो । उहाँले लेखकमा साहित्यप्रति अथाह भविश्य रहेको उल्लेख गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधी दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्राडा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इट्टा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गर्नुभएको थियो ।

उपन्यासका लेखक एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक भण्डारीले स्कूल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुची जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

३ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक