काठमाडौँ – कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम ‘विविध’ पक्राउ परेका छन्।
उनलाई बुधबार दिउँसो साढे ३ बजे काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिने खाम माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर हुन्।
उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन्।
यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउपछि रिहा भएका थिए।