बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले नयाँ सत्ता गठबन्धन मन नपराएकाे खुलासा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतले नयाँ सत्ता गठबन्धन मन नपराएकाे खुलासा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ सत्ता गठबन्धन मन नपराएकाे खुलासा गरेका छन्।

साेमबार पार्टीकाे पदाधिकारी बैठकमा बाेल्दै प्रचण्डले यस्ताे खुलासा गरेका हुन्।

प्रचण्डले बैठकमा भारतीय राजदूतले आफूलाई भेटेर याे गठबन्धन भारतविराेधी रहेकाे बताएकाे एक पदाधिकारीले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेससँगकाे गठबन्धन टुटाइ नेकपा एमालेलगायतका दलसँग भएकाे नयाँ सत्ता गठबन्धनबाट भारत रुष्ट छ।

भारत र संयुक्त राज्य अमेरिका कुनै पनि हालतमा माओवादी र एमाले सँगै आएकाे देख्न चाहँदैनन्। चीन भने दुई कम्युनिष्टकाे मिलन हाेस् भन्ने चाहन्छ।

२०१७ मा दुई कम्युनिष्टकाे चुनावी गठबन्धन र पछि पार्टी एकीकरण हुँदा यसकाे श्रेय चीन भएकाे चर्चा त्याे बेला चलेकाे थियाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार नेपाली कांग्रेससँगकाे गठबन्धन ताेडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। उनले हिजाे सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह. परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा. वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन. सङ्घीय मामिला तथा सामान्य प्रशासन. सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य ताडेर एमाले रास्वपासँग नयाँ सत्ता समीकरण बनाउने निर्णय लिएपछि नेकपा एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवहारका आधारमा निर्णय लिने जनाएको छ।

प्रधानमन्त्री स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न काेटेश्वर पुगेका थिए। त्याेभन्दा पहिला ‍बिहान नारायणकाजी श्रेष्ठले एक्लै नेपाललाई भेटेका थिए। त्यसक्रममा प्रधानमन्त्रीको दूतका रूपमा कोटेश्वर पुगेका श्रेष्ठले नयाँ गठबन्धनमा सामेल हुन नेता नेपाललाई आग्रह गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
रगत निःशुल्क हुनुपर्छ : महामन्त्री थापा

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक