बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

सार्वजनिक जग्गा व्यक्तिलाई दर्ताका लागि सिफारिस गरेको अभियोगमा पाँच जना दोषी ठहर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।   विशेष अदालतले कास्कीको तत्कालीन सराङकोट गाविस हाल पोखरा महानगरपालिका १८ को सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन तथा दर्ताका लागि सिफारिस गरेको अभियोगमा पाँच जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु मुरारी बाबु श्रेष्ठ र जितेन्द्र थापाको इजलासले तत्कालीन गाविस अध्यक्ष र सदस्यसहितका पाँचजना व्यक्तिलाई दोषी ठहर गरेको हो।

सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेलामार्फत निर्णय गरेर व्यक्तिलाई भोगचलन र दर्तासमेत गर्न सिफारिस गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबीलाई विशेष अदालत काठमाडौँले सदर गरेको हो।

गाविस अध्यक्षहरुले अस्थाई बसोवासको प्रमाणपत्रसमेत दिएका थिए।

प्रतिवादी बनाइएका व्यक्तिहरु हाल जेष्ठ नागरिकसमेत भएका उनीलाई भएको सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषले भनेको छ।

विशेषले तत्कालीन गाविस अध्यक्षहरु मोदनाथ रेग्मी, झपटबहादुर थापा, तत्कालीन वडा सदस्य एमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई दोषी ठहर गरेको हो।

उनीहरुलाई जनही एक वर्ष कैद र एक लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। गुरुङलाई मतियारको भूमिका निर्वाह गरेकोमा मुख्य प्रतिवादी सरह सजाय गरिएको विशेषले जनाएको छ।

विशेषले जेष्ठ नागरिक भएकाले गुरुङलाई सजायमा ७० प्रतिशत छुट दिएको छ। एक वर्ष कैदमा ७० प्रतिशत छुट दिँदा उनलाई तीन महिना १८ दिन थुनामा राख्न भनेको छ। त्यस्तै बाँकी दोषी ठहर भएकाहरुलाई ७५ प्रतिशत सजायमा छुट दिँदै तीन महिनाका दरले कैदमा राख्न भनेको छ।

प्रवक्ता कार्कीका अनुसार उनीहरुलाई कैदमा राख्दा विशेष हेरचाह गर्न अदालतले भनेको छ।

जिल्ला अदालतसँगको समन्वयनमा कैदमा राख्दा पाँचवटा कुरामा ध्यान दिन भनिएको कार्कीले बताए। उनका अनुसार दोषी ठहर भएकाहरुलाई कैदमा राख्दा पोषणयुक्त खान दिन, तिरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन, बिरामी भएमा सुविधायुक्त अस्पतालमा उपचार गराउन, समय समयमा स्वास्थ्य परिक्षण गराउन र उनीहरुलाई जेलमा राख्दा समाजदेवीसँग पनि समवन्य गर्न आदेश दिएको छ।

यो पनि पढ्नुहोस्

अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश

सङ्क्रमणकालीनको परमादेश जारी

२ घण्टा अगाडि

सरकारसँग सम्पत्ति जाँचबुझ आयोग गठन माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक