वीरगञ्ज / एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) भन्सारबाट छुटेको ट्रक र पिकअपमा बिल बिजकभन्दा बढी कपडा तथा किताब लोड रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ।
बिल विजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताब बोकेको मालवाहक पिकअप तथा ट्रक आइसीपीबाट काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गरेको थियो।
आइसिपीबाट छुटेको बीआर २२ जिए ४९१६ नम्बरको भारतीय पिकअप र ना ४ ख ९८७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा सोमा बिलबिजकभन्दा बढी कपडा तथा किताब लेड रहेको पाइएको प्रहरीले जनाएको छ।
बिल बिजक शंकास्पद देखिएपछि एक रोड ४२ लाख ७८ हजार १२० मूल्य बराबरको किताब तथा कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।