नेपालगञ्ज / बाँके प्रहरीले साढे दुई किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर १२, चप्परगौडीबाट प्रकाश सिंह र मिलन विकलाई साढे २ किलो चरेससहित पक्राउ गरेको हो।
बाटोमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा प्रकाशले हातमा बोकेको रातो रंगको प्लास्टिक झोलामा चरेस फेला परेको प्रहरीले बताएको छ। प्रहरीले दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।
पहाडी जिल्लामा उत्पादन हुने चरेस कोहलपुर, नेपालगञ्ज हुँदै भारत लैजाने गरिन्छ।