काठमाडाैँ / बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद गरिएकाे छ। बाँके राष्ट्रिय निकुञ्जबाट गएको नेपाली सेना तथा निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त पट्रोललाई बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–१ स्थित राजकोट इलाकामा अवैध रूपमा निकुञ्ज क्षेत्रमा प्रवेश गरी चोरी सिकारी कार्यमा संलग्न व्यक्तिहरूले लुकीछिपी २ राउन्ड गोली फायर गरेको हुँदा त्यसको प्रतिकारमा पट्रोल टोलीले ४ राउन्ड जवाफी फायर गरेको छ।
जवाफी फायरिङपछिको खोज तलासको क्रममा उक्त इलाकाबाट १२ बोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, उक्त हतियारमा प्रयोग हुने गोली तथा बन्दोबस्तीका सामान फेला परेको हाे।