दाङ / बुधवार बेलुका दाङमा दुई दिदि बहिनी सवार साइकललाई एउटा जीपले ठक्कर दियो। साइकल कच्याक कुचुक परेर बाटो देखी मुन्तिर रुखको आडमा पुग्यो। अनी दिदि बहिनीलाई गम्भिर चोट पुर्यायो र लडायो।
जुन चोटले दुबैलाई कहिल्यै उठ्न नसक्नेगरी अस्ताउने गरायो। प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेत र उनकी २३ बर्षिया बहीनी विपना केसीको मृत्यु भयो। राधालाई उपचारको लागी लमही अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले मृत घोषणा गरे। अनि केसीलाई बुटवल क्रिमसन अस्पताल लगिएको थियो।
उपचारको लागी पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरे। राधाको बिहे प्यूठान भएको थियो।
यो घटनामा संलग्न प्रदेश ३–०१र०२२ च १३६९ को गाडीका चालक फरार छन्। कस्ले गाडी चलाएको भन्ने सम्म खुल्न सकेको छैन्। प्रहरीले गाडी चालक भनेर घर विदामा बसेका व्यक्तिलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको थियो।
विदामा बसेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भनेपछी जनप्रतिनिधि पुगेर ति व्यक्तिलाई प्रहरी कार्यालयमा छुटाएर ल्याएका छन्। तर, गाडी चलाएको व्यक्तिको पहिचान भने हुन सकेको छैन्। प्रहरीनै घटनामा संलग्न व्यक्तिको बचाउमा लागेको आरोप आफन्तले लगाएका छन्।‘सिसहनियाँ प्रहरी विट देखी तीन÷चार सय मिटर नजिक दुर्घटना हुन्छ। तर, त्यो दुर्घटना संलग्न चालक बारे प्रहरीले थाहा पाउदैन भने कस्तो खालको अनुसन्धान हो’एक जना आफन्तले भने,‘नक्कली चालक खडा गर्ने, सक्कली भगाउने खेल हुन थाल्यो भन्ने आशंका उब्जियो।’
घटनामा संलग्न चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ। तर, यस बारेमा प्रहरीले पुष्टी गरेको छैन्। यता ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरिक्षक उज्वलबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताए।
उनले घटनामा संलग्न चालक फरार रहेको र उनको खोजी भइरहेको दावी गरे।‘हामी अनुसन्धानमा छौं। चालक सम्पर्कमा आउनुपर्ने हो। तर, नआउनुको पछाडी मापसे हुन सक्छ’उनले भने,‘हामीले सिसिटीभी फुटेज अध्ययन गरेर चालकको पहिचान गर्दैछौं।’