शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोशी सरकारसँग वार्ता गर्न पहिचानवादीले बनाए समिति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोशी सरकारसँग वार्ता गर्न पहिचानवादीले बनाए समिति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर / पहिचान र अधिकारको मागसहित आन्दोलनरत संयुक्त संघर्ष समितिले बिहीबार कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ । बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेर उसले वार्ताका लागि आफू तयार रहेको जनाएको हो ।

यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधरसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्दै वार्ताको आह्वान गरेको थियो ।

संयुक्त संघर्ष समितिको बुधबारको बैठकले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दबहादुर आङबुहाङ, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेकपा एस लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, माओवादी केन्द्र सम्बद्ध किरात राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई, जसपा–लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरीलाई वार्तामा पठाउने तय गरेको छ ।

समितिसँग वार्ता गर्न प्रदेश सरकारले बिहीबार समय तोकेको समितिका सदस्य जम्नेलीले बताए । वार्तामा कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको पुनः नामांकन गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेका आशिष लिम्बूको रिहाइ, प्रहरीको गोली लागेर घाइते भएका इलाम चुलाचुलीका गजेन्द्र फागुलगायत घाइतेको उपचार र झूटा आरोपमा मुद्दा चलाइएका झापा संयुक्त संघर्ष समितिका संयोजक पाण्डलाल चौधरी र इलामका बुलेट किरातीलगायतको मुद्दा फिर्ता लिनुपर्नेलगायतका विषय समितिले वार्तामा मुख्य एजेन्डाका रूपमा उठाउने जम्नेलीले बताए ।

गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधर पुनः नामकरणको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । त्यसक्रममा पहिचान पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त बनाएका थिए । उनीहरूले संघीय र प्रदेशका मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ गर्नसमेत निषेध गर्दै आएका छन् ।

यसअघि गत असार ४ गते मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग आन्दोलनरत पक्षले गरेको वार्ता निष्कर्षविहीन बनेको थियो । त्यसपछि असार १३ मा सरकारले पुनः वार्तामा बोलाए पनि पहिचान पक्षधर वार्ता अस्वीकार गर्दै आन्दोलनमा उत्रिएको थियो ।

यो पनि पढ्नुहोस्

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

२ दिन अगाडि
आज नेवार समुदायमा म्हपूजा

आज नेवार समुदायमा म्हपूजा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक